२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

एसियाकै ठूलो मूर्ति र पुनःनिर्माण भएको अर्घा दरबार घुम्ने धार्मिक पर्यटकको भिड

Nada
सूर्यप्रसाद भुसाल
२०८१ साउन ३१ गते २१:२८
Shares
एसियाकै ठूलो मूर्ति र पुनःनिर्माण भएको अर्घा दरबार घुम्ने धार्मिक पर्यटकको भिड

अर्घाखाँची : अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिर धार्मिक पर्यटकीय स्थलको रूपमा विकास हुन थालेपछि धार्मिक पर्यटकहरुको उल्लेखनीय वृद्धि भएको छ ।

ncell

एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति प्रतिस्थापन तथा अर्घा दरबार पुनःनिर्माण  गरेपछि धार्मिक तथा अन्य पर्यटकहरुको निकै महत्वपूर्ण गन्तव्यको रूपमा विकास हुन थालेपछि अर्घा बासिहरु हर्सित हुन थालेका छन् । 

सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका वडा नं. ९ मा अवस्थित अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको एसियाकै ठूलो भगवती  मूर्ति  निर्माणसँगै जीर्ण अर्घा दरबारको पुनःनिर्माण गरेपछि अहिले पर्यटकहरुको आगमन उल्लेखनीय रहेको सन्धिखर्क नगरपालिकाका अर्घाखाँचीका प्रमुख प्रशासकीय अधिकृत खुम लाल भुसालले बताए ।

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका  धार्मिक पर्यटकलाई सदरमुकाम सन्धिखर्कमा रहेको  सिद्धेश्वर शिवालय मन्दिर हँुदै  अर्घा  भगवती मन्दिर र अर्घा दरबार लैजानका लागि एसियाकै सबैभन्दा ठूलो मूर्ति  स्थापना र अर्घा दरवारको पुनःनिर्माण  गरिएको सन्धिखर्क  नगर पालिकाका  प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

सन्धिखर्क नगरपालिकाका पूर्वनगरप्रमुख कांग्रेस नेता कमलप्रसाद भुसाल, नगरप्रमुख ठाकुर कुमार वि.क, नगर उपप्रमुख बनेका बेला उक्त मूर्ति स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाइएका थियो । 

जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा आर्थिक कारोबार तथा व्यावसायिक कारोबारमा मन्दी आउन थालेपछि नगरपालिकाले धार्मिक पर्यटकलाई भित्र्याउनका लागि मूर्ति स्थापना गरेपछि केही आशा पलाएको र अहिले चहलपहल बढेको  नेपाली कांग्रेस सन्धिखर्क नगरसभापति  कांग्रेस नेता बाबुराम भुसालले  बताए ।

सन्धिखर्क नगरपालिकाको झण्डै दुई करोड रुपैयाँको लागतमा मूर्ति राख्ने काम सम्पन्न भएको र अहिले  वरिपरि सबैतिर मन्दिर तथा दरबारलाई  सिँगार्ने काम सम्पन्न भएको निर्माण ब्यबसायि कृष्णप्रसाद बस्यालले बताए ।  
ललितपुरका दक्ष मूर्तिकारले एसियाको ठूलो भगवती  मूर्ति निर्माण गरेकोले अहिले पर्यटकको रोजाइँ बनेको आफुले अनुभूति गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 
भुसालका अनुसार दैनिक रूपमा वैदिक विधिपूर्वक पूजाआजा हुने यस मन्दिरमा वडादसैँ र चैते दसैँमा  विशेष पूजाआजा हुने कारण यसको ठूलो महत्व छ  ।
अब दसैँमा यहाँ पुजा गर्न भाकल गर्न हजारौं भक्तजनको घुइँचो लाग्छ । अर्घा भगवती मन्दिर मूर्ति स्थापना गरिएको ठाउँमा कोजाग्रत पूर्णिमा, कृष्ण जन्माष्टमी र राम नवमीमा विशेष मेला लाग्ने स्थानीय नेत्र मरासिनीको भनाइ छ ।

पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले स्थापना गरिएको यस मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । आजभोलि मूर्ति हेर्न र दर्शन गर्न आउने क्रम दैनिक बढिरहेको अर्घा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले मध्यान्हलाई बताए । नेपाल एकीकरण हुनुपूर्व अर्घाखाँचीको अर्घा दरबारमा र खाँचिकोट दरबारमा बाइसे चौविसे राजाहरुले राज गरेका थिए भने एकीकरण भएपछि सन्धिखर्कमा आइ दुबै राजाले सन्धि गरेका कारण अहिले बजार भएको मुख्य  ठाउँलाई सन्धिखर्क नामले चिनिएको हो । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ भन्छन्, ‘नगरपालिकाभित्र धेरै विकासका कामहरु सम्पन्न गरेका छौं । गुणस्तरीय काम गराउन म आफैँ खटिएको छु, हेर्नुस् म केही समयमा नगरपालिकालाई काय पलट बनाउने उद्देश्यमा साथ दिनुहोला ।’

सम्बन्धित खबर