२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

लहान बजारमा छठ पर्वको चहलपहल

ADV
प्रदिप सिंह
२०८१ कार्तिक २१ गते १३:५८
लहान बजारमा छठ पर्वको चहलपहल

लहान : मिथिला क्षेत्रको महत्त्वपूर्ण पर्व छठ शुरु भएसँग लहान बजारमा छठ पर्वका सामग्री खरिद गर्ने उपभोक्ताहरूको भिड बढेको छ । यो पर्व विशेषगरी सूर्य उपासना र प्राकृतिक स्रोतहरूको सम्मान स्वरूप मनाइन्छ । छठ पर्व विशेषतः नेपालका मधेश र भारतका बिहार, उत्तर प्रदेशलगायतका क्षेत्रहरूमा भव्यरूपमा मनाइन्छ । यस पर्वमा सूर्यदेवलाई अर्घ दिने, पवित्र नदीमा स्नान गर्ने र विशेष प्रकारका पकवान तथा सामग्री चढाउने परम्परा छ ।

छठ पर्वको उत्पत्ति र महत्व

छठ पर्वको शुरुवातको एकिन मिति स्पष्ट नभए पनि यो वैदिककालदेखि नै मनाइँदै आइएको धार्मिक परम्परा हो । हिन्दु धर्मशास्त्रका अनुसार छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी दीर्घायु, सन्तान सुख र परिवारको कल्याणको कामना गरिन्छ ।

सामग्रीको मूल्य वृद्धिले असर

लहान बजारमा छठ पर्वका सामग्रीहरूको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । यस वर्ष उखुको मूल्य प्रतिपिस १० देखि २० रुपैयाँसम्म छ भने नरिबल ६० रुपैयाँ, भोगटे २० रुपैयाँ, केराप्रति घौउर ५० देखि ७ सय, अर्गौडी ५० रुपैयाँ प्रतिपाउ बिक्री भइरहेको छ । छठको विशेष सामग्री माटोको हात्तीको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

कुम्हार समुदायका व्यवसायीहरूले चाडपर्वका समयमा राम्रो आम्दानीको अपेक्षा गरेका थिए, तर यसपल्ट अपेक्षाकृतरूपमा सन्तोषजनक मूल्य प्राप्त नभएको उनीहरु बताउँछन् । एक व्यवसायीले भने, "सरकारले कुनै पनि प्रकारको सहुलियत दिएको छैन । हामीले वर्षको केही महत्वपूर्ण पर्वहरूमा मात्र राम्रो आम्दानी गर्ने अवसर पाउँछौं । यो वर्ष मूल्य उचित नभएमा अब वैकल्पिक रोजगारका लागि विदेश जानुपर्ने अवस्था आउन सक्छ ।"

No description available.

ढकिया र नाङ्लोका मूल्य उच्च

बजारमा ढकिया, नाङ्लो, र कोनियाको मूल्य पनि बढेको छ । ढकिया प्रतिपिस ४ सय रुपैयाँ, नाङ्लो ३ सय ५० रुपैयाँ र कोनिया १ सय ५० रुपैयाँमा उपलब्ध छ । 

No description available.

ADVADV

सम्बन्धित खबर

Advertise