२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सात पटक लोक सेवामा नाम निकाल्न सफल खुशी बुढाले गरिन भूगोलसँग विवाह 

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ असोज २८ गते ०८:५६
Shares
सात पटक लोक सेवामा नाम निकाल्न सफल खुशी बुढाले गरिन भूगोलसँग विवाह 

रोल्पा : परिवर्तन गाउँपालिका-४ पाछाबाङको गाउँडेरा गाउँमा जन्मेकी खुशी बुढा विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार प्रेमी परिवर्तन गाउँपालिका-३ माथिल्लो केवरी निवासी सव-इन्जिनियर भूगोल डाँगीसँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् । 

खुशीले १० महिनामा ७ वटा लोकसेवाका परीक्षा उत्तीर्ण गरेकी हुन् । २०८० मा लुम्बिनी,कर्णाली,सुदूरपश्चिम र कोशी प्रदेश तथा संघीय गरी सात ठाउँमा नाम निकालेकी हुन् । उनले दुर्गम गाउँको सामुदायिक विद्यालयमा पढेको विद्यार्थीले पनि शहरमा पढेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिन्छ र सफल हुन् सकिन्छ भन्ने दृष्टान्त दिन सफल भएकि थिइन् । 

एकै बर्षमा ७ ठाउँमा लोकसेवा उत्तीर्ण गरेर देशभर प्रभाव छाडेकी थिइनन् ।खुशी बुढा मगर अहिले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मत्स्य विकास केन्द्रमा कार्यरत छिन् भने भूगोल डाँगी अहिले सल्यानको छत्रेश्वरी गाउँपालिकामा सव-इन्जिनियरको रूपमा कार्यरत छन् ।

ताजा खबर

सम्बन्धित खबर