मलंगवा : स्तर र तह वृद्धि नगरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत कर्मचारीहरूले पालिकामा तालाबन्दी गरेका छन् ।
पालिकाले स्तर र तह वृद्धिको लागि ढिलाई गरेकोले कर्मचारीहरू पालिकाको मूल ढोकामा धर्ना दिई तालाबन्दी गरेका हुन् ।
पुस महिनामै स्तर र तह वृद्धि गर्नुपर्नेमा आजसम्म पालिकाले आनाकानी गरेको भन्दै आफूहरू तालाबन्दी गरेको उनीहरूले बताएका छन् । पालिकाले स्तर र तहवृद्धिका लागि सूचना प्रकाशित गरेको थियो । सूचनाबमोजिम आफूहरू सम्पूर्ण कागजात पूरा गरी आवेदन समेत दिएको र आजसम्म पालिकाले कुनै सुनुवाई नगरेको कविलासी नगरपालिकाका प्राविधिक सहायक रामवचन रायले बताए । पालिकाले स्तरवृद्धिको नाममा आलटाल गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको रायले बताए । संविधान प्रदत्त हक अधिकारलाई समेत ख्याल नगरी कर्मचारीको वृद्धि विकासमा पालिकाले बाधा पु¥याउने काम गरेको रायको आरोप छ ।
‘पालिकाले स्तरवृद्धि नगरेपछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छौं । माग पूरा नभएसम्म तालाबन्दी गरी अनिश्चितकालसम्म धर्नामा बस्छौं’ रायले भने ।
\समस्या समाधानका लागि आफूले पहल सुरु गरेको नगरप्रमुख ब्रहम्देव यादवले बताए । प्रमुख प्रशासकीय अधिकृत काम विशेषले बाहिर रहेको र आउने बित्तिकै समस्या समाधानका लागि पहल गरिने नगरप्रमुख यादवले बताए । राजनीतिक उक्साहटमा आएर पालिकामा कर्मचारीले तालाबन्दी गरेको यादवको दाबी छ ।