२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

गायिका जेरीको संगीतसहितको प्रवचन

hardik ivf
मध्यान्ह
२०८१ माघ २३ गते १९:२७
गायिका जेरीको संगीतसहितको प्रवचन

काठमाडौं : लोकदोहरी गायिकाको पहिचान बनाएकी बबिता बानियाँ ‘जेरी’को कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मंगलबारबाट सुरु भएको छ । गीतसंगीतको क्षेत्रमा संघर्ष गरेर आफ्नो पहिचान स्थापित गर्न सफल जेरीले थालेकी नयाँ काममा धेरैले चासो र चिन्ता गर्नु स्वभाविक भएपनि यस विषयमा उनले भनिन्, ‘यो खास कर्कमाण्ड भन्दा पनि श्रीमद्भागवतको अध्ययन गरेर मैले एउटा बाचिकाका रुपमा संगीतसहितको प्रवचन गर्न लागेको हो । यो कुनै अनुष्ठान गर्न लागेको होइन किनभने सहभागी महायज्ञमा अनुष्ठानमा चाहिँ वैदिक ब्राह्मणहरू छन् । वाचन र संगीतमय कथा प्रवचनको पाटोमात्र मेरो हो ।’

काठमाडौंको नागार्जुन नगरपालिका, रानीवनस्थित महादेव मन्दिर परिसरमा जेरीको वाचन हुने महायज्ञ कलश यात्रासँगै मंगलबारदेखि औपचारिक रुपले सुरु भएको छ भने उनको कथा वाचन र संगीतमय प्रवचन बुधबारदेखि सुरु भएको हो । उनले भनेकी छन्, 'यो अवधिभर वाचन मेरोमात्र रहने र बेलाबेला अतिथि गुरुहरुको पनि रहने छ ।'

जेरीले आफूलाई कथा बाचकको रुपमा योगमाया सखीको रुपमा चिनाउन खोजेकी छन् । वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि महायज्ञ गरिएको आयोजकको भनाइ छ ।

महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजक संस्थाका सांस्कृतिक संयोजक बालचन्द्र बरालले जानकारी गराएका छन् ।

करिब डेढ दशकको दोहोरी गायन यात्राका क्रममा जेरीले निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि आफू पहिलो पटक कथा वाचनमा जुटेको उनको भनाइ छ । श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताह माघ ३० गते बुधबारसम्म चल्ने छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise