२०८१ माघ २४ गते बिहिवार / Feb 06 , 2025 , Thursday
२०८१ माघ २४ गते बिहिवार
Ads

गौर र गढीमाईका स्वास्थ्य संस्थालाई उपकरण सहयोग

hardik ivf
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ २३ गते २०:५८
गौर र गढीमाईका स्वास्थ्य संस्थालाई उपकरण सहयोग

रौतहट : रौतहटका स्वास्थ्य संस्थाहरूलाई अनुदानमा स्वास्थ्य उपकरणहरू सहयोग गरिएको छ । ब्रीटिस काउन्सिल, भि.एस.ओ. र यूके एडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोग तथा आसमान नेपाल गौर शाखाको आयोजनामा गौर तथा गढीमाई नगरपालिकाका स्वास्थ्य संस्थालाई उपकरणहरु सहयोग गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले उपकरणहरू स्वास्थ्य संस्थाहरूमा महत्वपूर्ण रहेको भन्दै यसले प्रभावकारी सेवा प्रदान गर्न र जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 

स्वास्थ्य संस्थाहरूमा उपकरण सहयोग प्रदान गर्नुको मुख्य उद्देश्य बिरामीहरुको सुरक्षा र प्रभावकारी स्वास्थ्य सेवा वितरण रहेको उनले बताए । 

संस्थाले गौर नगरपालिकाको सबगढा शहरी स्वास्थ्य केन्द्रलाई ड्रेसिङ सेट, अटोक्लेभ, पल्स अक्सिमिटर, थर्मोमिटर, ठूलो कैंची र गढीमाई नगरपालिकाको धरमपुर स्वास्थ्य चौकीलाई ड्रेसिङ सेट, अटोक्लेभ, पल्स अक्सिमिटर, थर्मोमिटर, बीपी सेट, वजन मेसिन सहयोग गरिएको छ ।  

कार्यक्रमलाई सफल बनाउन आसमान नेपालको गौर शाखाका स्वास्थ्य सहजकर्ता मन्जु रजक, सुरज सहनी, फाइनान्स अफिसर आशिष कुमार मिश्र, अजित कुमार यादव, र भिएसओ रौतहटका आरती पटेल विशेष भूमिका रहेको थियो । 

कार्यक्रममा नगरपालिकाका समाजसेवीहरु, वडाध्यक्ष, स्वास्थ्य संस्था प्रमुखहरु समेत सहभागी भएका थिए । सहभागीहरुले सहयोग गर्ने संस्थालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर दिन आग्रह गरे । 

ADVenergy

सम्बन्धित खबर

Advertise