२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

भोगाइको अनुभव(कविता)

hardik ivf
मध्यान्ह
२०८१ फागुन १६ गते २३:००
भोगाइको अनुभव(कविता)

जीविका अश्रु

आँखामा आशा
हृदयमा विश्वास
जीवनको यात्रा 
धार्मिक मार्ग ।

सपना होइन, सत्यको खोजी हो
धर्म सुखको आधार हो
पर्वतहरूको शिखरमा उठेर हेरें
धर्मको मार्ग सधैं उचाइमा छ ।

सपना र भ्रामक दुनियाँलाई त्यागिदिएँ
आत्मा र परमात्मा त एकै–एकै हुन्छन्
मनको शान्ति नै जीत हुन्छ
यात्रा यही
निरन्तर चलेमा
अन्ततः  हामी  प्रेम पाउँछौं
धार्मिक जीवनमा पूर्णता पाउँछौं ।

यस यात्रामा
शक्ति र प्रेम
हरेक पानामा लेखिएको हुन्छ
जब हृदयमा प्रेम र आत्मामा शान्ति हुन्छ
अनि भगवान्मा समर्पित हुन्छ
तब यो जीवन असल रूपमा अर्थपूर्ण बन्छ ।

भन्नेहरू यसै भन्छन् 
भोग्नेहरूले कहिले भेटेनन् ईश्वर
त्यसैले हामी 
विचारको पाटो पछ्याऔं
कर्मको बाटो पछ्याऔं 
न कि अन्धविश्वासको ।

सप्तरंगी इन्द्रेणीको रङभन्दा 
उज्यालो प्रकाश त हामीभित्र छ
परिश्रम गरेर त हेर
परिश्रम गरे नमिल्ने के छ र यहाँ ?

सिक्किम
 

ADV

सम्बन्धित खबर

Advertise