२०८२ साउन २७ गते मङ्गलवार / Aug 12 , 2025 , Tuesday
२०८२ साउन २७ गते मङ्गलवार
Ads

नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारतको सहमति

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते ११:५७
नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारतको सहमति

काठमाडौं : भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ ।

यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातका लागि भारतले अनुमति दिएको थियो । थप २०० मेगावाटसहित अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत् निर्यातको बाटो खुलेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ  । 

पछिल्लो पटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबरसम्मका लागि रहेको छ । यसअन्तर्गत लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुने छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा  नेपालले भारत विद्युत् निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise