२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

सुक्खा पहिरोले दर्जन जिल्लामा सम्बन्ध विच्छेद

shivam cement
२०८२ असोज ८ गते ०६:२५
सुक्खा पहिरोले दर्जन जिल्लामा सम्बन्ध विच्छेद

काठमाडौं : चितवनको तुइनखोलामा ठुलो मात्रामा खसेको सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द भएको छ । सडक अवरुद्ध भएपछि चितवन प्रशासनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रूपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।

चितवनबाट काठमाडौं आउजाउ गर्न (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ । यसैगरी, धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ । यसैगरी, मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिनेछ ।

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द भएसँगै  हेटौंडा–काठमाडौं आउजाउ (ठूला सवारीसाधन मात्र) गर्न कान्तिलोकपथ प्रयोग गर्न सकिनेछ ।

यसैगरी, चितवनबाट पोखरा जान ठुला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ । यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोट हुँदै पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ । प्रशासनले मंगलबार साँझ एक सूचना जारी गर्दै यो सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकाले सो सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघसंस्था तथा यात्रुहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise