कति राम्री रहिछ्यौ तिमी गुलाफको फूलजस्ती
समीपमा आउँदा खेरी पूर्णिमाको जूनजस्ती ।
रोएको छ तिम्रो हात नपाई माटो तिमी बिना
आफैँ अलमल भएझैँ छ बाटो तिमी बिना ।
गाउँ हुन्न गाउँ जस्तो, सहर हुन्न सहर जस्तो
कहिल्यै हुन्न तिमी बिना यो घर पनि ‘घर’ जस्तो ।
तिमी भन्दा पर पर मेरो अर्को रहर छैन
तिमी भन्दा अरू सुन्दर मेरो अर्को सफर छैन ।
सपनाको स्वर्ग एउटा घुम्छ आँखा वरिपरि
बनाउँला सुन्दर संसार हाम्रै मनको पाखा भरि ।