२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल मेरो छिमेकी देश हो, नेपाली ग्राहकलाई कहिल्यै निराश बनाउँदिन : सञ्चालक फैसल

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २४ गते २१:०८
नेपाल मेरो छिमेकी देश हो, नेपाली ग्राहकलाई कहिल्यै निराश बनाउँदिन : सञ्चालक फैसल

दोहा कतार : दोहाको मुटु फिलिपिनी शुकको सामुन्ने अलफरदान बिल्डिङ र गोल्ड सुक सिंगलको बीचमा रोडसँगै जोडिएको छ भिक्टोरिया गोल्ड एन्ड डायमन्डको पसल  । कतारमा ३ वटा ब्रान्च सञ्चालन गरिरहेको भिक्टोरिया फ्रेन्चाइज कम्पनी हो । भारत, दुबई हुँदै सन् २००७ मा कतारमा विस्तार भएको यस पसलका सञ्चालक भारतीय मूलका केरला राज्यमा बसोबास गर्ने मुहाम्मेद फैसल एमएम हुन् ।

गोल्ड सुकमा अवस्थित उक्त पसलमा रातको ९ बजेबाट ११ बजेसम्म २ घण्टा मध्यान्हकर्मीले त्यहाँ बिताउँदा मानिसको भिड देख्दा लाग्थ्यो कुनै हाटबजार हो । तर यो हाट बजार नभएर सुन चाँदी र हिरा मोतीका आकर्षक गहना खरिदबिक्री गर्ने ठाउँ हो । रातको ११ बज्दा पनि ग्राहकका कारण पसल बन्द गर्ने मेलोमेसो थिएन । मध्यान्हकर्मीले कुरा गरौँ भनेर पसल पुग्दा मालिक समेत आफैं सक्रिय भएर आफ्ना ग्राहकसँग नम्र बोलीले गरगहना बिक्री गरिरहेका थिए । कुराकानीमा उनले आफ्ना बाजे बराजु देखि नै सुन चाँदीको काम गर्दै आएको हुँदा यो आफ्नो पुर्खौली पेसा रहेको बताए । उनले केरलामा १५ वटा शाखा, खाडी राष्ट्र दुवइमा दुई वटा र कतारमा गोल्ड सुक (न्यमी क्यगत्र) बजारभित्र मात्र तीन वटा पसल सञ्चालन गरिरहेको कम्पनीले छिट्टै नै एसियन टाउनमा रहेको प्लाजा मलमा पसल नम्बर ७४ मा नयाँ शाखा विस्तार गर्न लागेको जानकारी दिए । ग्राहक वर्गको सेवा सुविधालाई मध्यनजर गर्दै छिट्टै नै अलखोरमा समेत उनले शाखा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । 

एउटा पसलबाट दैनिक ५÷६ केजी सुन बिक्री हुने गरेको छ । पसलमा कतारमा मात्र ७० जना कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये ३५ जना नेपाली रहेका छन् । उनको पसलमा बिक्री हुने सबै गहना नेपाली कालीगढले बनाउने गरेका छन् ।

रसायन बिना र बिना छलकपट विशुद्ध सुन नै बिक्री गर्ने प्रतिबद्धता जनाउँदै फैसलले नेपाली ग्राहकका लागि नेपाली र अन्य देशका लागि अन्य नागरिकलाई सेल्सम्यानको जिम्मेवारी दिएका छन् । आफ्नो मातृभाषामा कुरा गरेर सुन किन्न पाउनु विश्वसनीय आधार हुने उनको बुझाइ छ । यद्यपि उनले आफूले दिने सेवा र क्वालिटी नै विश्वासको आधार रहेको बुझेका छन् ।

कतारका अधिकांश ठूला सुन पसलमा समेत सुन सप्लाई गर्ने फैसल सुन चाँदीसँग छलकपट नगरी व्यापार गर्नुपर्ने बताउँछन् । एक पटक ग्राहकको विश्वास टुट्यो भने त्यो विश्वास पुनः पाउन गाह्रो हुने र महंगा गरगहना सदैव सबैले खरिद पनि नगर्ने र सधैँ लगाएर पनि नहिँडिने हुँदा विश्वासमा सदैव अडिग रहनुपर्ने उनको बुझाइ छ ।

नेपाली समाजले पनि ठूलो संख्यामा सुन खरिद गर्ने गरेको बताउँदै फैसलले नेपालको कानूनले जति ग्राम नेपाल लैजान अनुमति दिएको छ, त्यति मात्र खरिद गर्न सुझाव समेत दिने गरेका छन् । नेपाली समुदायसँग विशेष झुकाव राख्ने उनले कतारमा रहेका नेपालीले आयोजना गर्ने ‘च्यारीटी कार्यक्रम’का लागि आर्थिक सहयोग समेत गर्ने गरेका छन् । मनोरञ्जनका लागि होइन कसैले ‘मानवीय सेवाका लागि काम गर्छ भने म सहयोग गर्नेछु’ उनले प्रतिबद्धता जनाए । उनले हालसालै गोरखा सेवा समाज कतारले गोरखामा मानव सेवा आश्रम गोरखा शाखामा नयाँ बन्दै गरेको निर्माणाधीन भवनको सहयोगार्थ आयोजित बृहत्त सांस्कृतिक इद धर्मका कार्यक्रममा को–स्पोन्सरका रूपमा समेत सहयोग गरेका थिए । 

कतिपय नेपाली श्रमिकको आय कम हुने हुँदा आफ्नो पसलमा आउने प्रत्येक नेपालीलाई प्रति रति १/२ रियाल भए पनि कम दाममा बेच्ने गरेको उनी बताउँछन् । ‘नेपालीलाई सहयोग गर्न पाउँदा आफ्नै परिवारलाई सपोर्ट गरे जस्तो लाग्छ’ उनले भने । न्यून आय भएका र साथमा यातायात नभएका कसैले पनि दुःख नपाओस् भन्ने आफ्नो चाहना रहेको बताउँदै नेपाली ग्राहकहरूलाई कहिल्यै निराश नबनाउने उनले प्रतिबद्धता जनाए । 

टाढा–टाढाका ग्राहक पसलमा आएर फर्कन नपरोस् भन्ने हेतुले उनले सुनको दररेट तथा आफूलाई आवश्यक गरगहनाका बारेमा ७७७९०६२४नम्बरमा ह्वाट्सएप मार्फत बुझेर आउन सकिने सुविधा रहेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise