२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ नि:शुल्क

shivam cement
मध्यान्ह
२०८२ भदौ २१ गते १७:०७
अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ नि:शुल्क

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्क घातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन नि:शुल्क प्रदान गरिने भएको छ ।

सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए । उनले पक्षाघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिएमा बिरामी पुरानै अवस्थामा फर्किन सम्भावना रहने बताए । “मस्तिष्क घातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पुर्‍याउन सके इन्जेक्सनको सहयोगले बिरामी निको हुने सम्भावना हुन्छ”, डा. पाण्डेले भने ।

एक ‘भायल’को करिब रु. एक लाख पर्ने पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा नि:शुल्क दिँदा यसबाट सिमान्तकृत र विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ ।

पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताए । सो परिमाणले सात बिरामीको उपचार गर्न सकिन्छ । भरतपुर, काठमाडौँलगायत सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन नि:शुल्क पाइए पनि भेरी अस्पतालमा हालसम्म उपलब्ध थिएन । हालै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदी, मेडिसिन विभाग प्रमुख डा. पाण्डेलगायतको पहलमा यहाँ पनि नि:शुल्क उपलब्ध गराइने भएको हो । अस्पतालको यो पहलले नेपालगञ्जमात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका मस्तिष्क घातका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले हालै मात्र मस्तिष्क घातका बिरामीको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ । यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्क घात भएका बिरामीलाई छिटो, गुणस्तरीय उपचार प्रदान गर्नु हो । कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई सुनिश्चित गरेको छ ।  

ADV

सम्बन्धित खबर

Advertise