२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ भदौ २१ गते १९:००
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । यहाँस्थित पहेँलो पुलबाट जम्बु डाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीच काठमाडौँको सिनामंगलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका-९ सिनामङ्गलस्थित तरकारी बजार नजिकै झाँडीमा अन्दाजी ३२ वर्षीय पुरुष आज मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । निजको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise