२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७ खर्बको कारोबार

ADV
मध्यान्ह
२०८१ साउन ६ गते २१:३१
रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७ खर्बको कारोबार

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत् ५७ खर्ब रुपौयाँ कारोबार भएको छ । पछिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको कारोबार संख्या ४९ प्रतिशत र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा ३८ प्रतिशतले वृद्धि भएको हो । 

बैंक/वित्तीय संस्थाका मोबाइल बैंकिंङ, भुक्तानी सेवाप्रदायकहरुका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिंङ आरपीएसबाट हुने व्यवस्था रहेको छ । उक्त निकायहरुलाई आरपीएसमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत् इन्टिग्रेट गरिएको छ । 

फण्ड ट्रान्स्फर, कुनैपनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा आरपीएसबाट प्रोसेस हुने गरेको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृति दिएपश्चात उक्त परियोजनाको पहिलो पूर्वाधारको रुपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको छ । 

रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेट बीच ट्रान्स्फर, सरकारी कारोबार, सेवाबापतको भुक्तानी, मोबाईल नम्बरको आधारमा ट्रान्स्फर, क्यूआर भुक्तानी, व्युआर नेटवर्क बीच अन्तरआबद्धता, ई–कमर्शको लागि पेमेन्ट गेटवे, लगायतका भुक्तानी उपकरणहरु आरपीएसमा उपलब्ध रहेका छन् । आरपीएसमा हाल ५२ बैंक÷वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, एक सय भन्दा बढी अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise