२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

नेपाल विज्ञापन संघले दियो प्रधानमन्त्रीलाई बधाई

shivam cement
मध्यान्ह
२०८२ भदौ ३० गते २०:४६
नेपाल विज्ञापन संघले दियो प्रधानमन्त्रीलाई बधाई

काठमाडौं : नेपाल विज्ञापन संघले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला तथा ऐतिहासिक रूपमा ४२औं प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै कार्कीको नेतृत्वमा सुशासन, सुसंस्कृत समाज र जनअपेक्षाअनुसारको उदाहरणीय शासन व्यवस्था कायम हुने विश्वास व्यक्त गरेको छ ।

भदौ २३ गते जेन–जेडको आह्वानमा सुरु भएको आन्दोलन ठुलो जनधनको क्षति भएको घटनाप्रति संघले गहिरो दुःख प्रकट गरेको छ । साथै, संघले आन्दोलनका क्रममा ज्यान गुमाउने सर्वसाधारण तथा राष्ट्रसेवकलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ ।

त्यस्तै, विज्ञप्तिमार्फत संघले कान्तिपुर मिडिया समूह, अन्नपूर्ण पोस्टलगायतका सञ्चारगृहमा भएको आक्रमण र क्षतिप्रति संघले शब्दमा भत्र्सना गर्दै लोकतान्त्रिक समाजमा विचार अभिव्यक्तिको अधिकार सबैलाई रहे पनि अरूको अधिकार हनन् गर्ने वा क्षति पुर्‍याउने कार्य अस्वीकार्य भएको उल्लेख गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise