२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बजारमा खाद्यन्नको अस्वभाविक मूल्य वृद्धि

ADV
छबि सापकोटा
२०८१ साउन ३१ गते २१:०८
बजारमा खाद्यन्नको अस्वभाविक मूल्य वृद्धि

काठमाडौं : चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्यन्नको अस्वभाविक महँगी बढ्न थालेको छ । चाडपर्वको बेला महँगी बढाउने समूह सक्रिय हुँदा बजारमा हरेक दिन खाद्यान्नको मुल्य बढ्न पुगेको हो ।

पछिल्लो १५ दिन यता खाद्यान्न, चिनी, दाल, तेलदेखि तरकारीसम्मको मूल्यमा वृद्धि भएको छ । असारको तुलनामा साउनमा दैनिक अधिकांश उपभोग्य वस्तुको मूल्य बढेको छ । चाडपर्वको मुख्य सिजन शुरु हुँदै गर्दा बजारमा हरेक वस्तुको अस्वभाविक मूल्य वृद्धि भइरहको छ ।

सरकारले बजार अनुगमनमा हस्तक्षेप गर्न नसक्दा बजारमा मूल्य बढेको उपभोक्ता अधिकारीकर्मीको भनाइ छ । बजारमा वासमती, जिरा मसिना, पोखरेली चामलदेखि सबै प्रकारका चामलको होलसेलबाटै मूल्य बढेर आएको खुद्रा व्यवसायीले बताएका छन् । व्यवसायीले होलसेलबाट नै अर्काे पटक बढेर आउँछ भनेर उपभोक्तालाई आतंकित समेत बनाइरहेका छन् । काठमाडौं सामखुसीकी गोमा ढकालले भनिन् ‘सधैं लिइरहेको पसलले मूल्य बढेर आएको छ अर्काे पटक आउँदा फेरि बढ्छ भन्ने गर्छन् । यसरी व्यवसायीलाई समेत मूल्य बढेर आउँछ भन्दा समेत चुप लागेर महँगो हुँदाहुँदै पनि किन्न परिरहेको छ ।’

खुद्रा व्यावसायीहरुले पनि चामल, चिउरा, दाल, सबैजसो गेडागुडी, खानेतेल, चिनी लगायतको मुल्य हरेक पटक बढेर आउँदा महँगोमा बेच्न परेको बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चले बजारमा चिनी, चामल तथा दलहनको अस्वभाविक मूल्यवृद्धि भएको बताएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विगतमा जस्तै अहिले पनि चाडवाडको मुखमा कालोबजारी गर्न पल्केका व्यवसायीहरुको सिण्डिकेटले कालोबजारी शुरु गरेको बताए ।

मञ्चले विभिन्न बहानामा चिनीको मूल्य ९५ रुपैयाँ प्रतिकिलोबाट बढेर ११५ रुपैयाँ पुर्‍याएको, मोटा चामलको मूल्य प्रति बोरा ६ सय रुपैयाँसम्म पुर्‍याएको र दलहनमा प्रतिकिलो ९० रुपैयाँ हाराहारीमा मूल्य बढ्दा उपभोक्ता मारमा परेको जनाएको छ । उपभोक्ता मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, पशुपंक्षी तथा कृषि विकास मन्त्रीलाई ज्ञापनपत्र दिँदै अनावश्यक मुल्यवृद्धि नियन्त्रण गरी चाडपर्वलाई लक्षित गरी सहज, सुलभ, रुपमा आपूर्ति व्यवस्था मिलाउन माग गरेका छन् । सरकारले आपूर्ति व्यवस्थापनको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत शून्य भन्सारमा ४० हजार मेट्रिक टन चिनी, १ लाख मेट्रिक टन चामल ल्याएर सरकारले बिक्री वितरण गर्नुपर्ने मञ्चको माग छ ।

ADVADV

सम्बन्धित खबर

Advertise