२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बजार अनुगमनले ग्रामीण क्षेत्रका व्यापारीहरु सचेत बन्दै

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २९ गते २१:२९
बजार अनुगमनले ग्रामीण क्षेत्रका व्यापारीहरु सचेत बन्दै

अर्घाखाँची : अर्घाखाँचीका सबै सरोकारवालाले बजार  अनुगमन गर्न थालेपछि सहर तथा ग्रामीण भेगमा पनि उपभोग्य बस्तुको लेवल हेर्ने बस्तुको  मूल्य हेर्ने बानीको विकास भएको छ ।

अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालयका स्थानीय ६ वटा पालिकाले अनुगमनलाई निरन्तरता दिँदै आएका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले पनि नगरपालिका भित्रका १० वटै वडामा नियमित रुपमा बजार अनुगमन गर्न थालेपछि त्यहाँका स्थानीयबासी पनि सचेत बन्दै सामान किन्दा मूल्य र मिति हेर्न शुरु गरेका छन् । त्यसले गर्दा ग्रामीण ईलाकाका व्यापारीहरु समेत सचेत बन्न थालेका छन् ।

भू्मिकास्थान नगरपालिकाका अनुगमन अधिकृत शंकर अधिकारीले भने, ‘सुरु–सुरुमा त हामी अनुगमनमा जाँदा पसलेहरु ढोका लगाएर हिँड्ने, पसल नखोल्ने, सोधेको जवाफ नदिने गर्थे, अहिले व्यवसायी र उपभोक्ता दुवै सचेत हुन थालेपछि अनुगमन जाँदा अनुगमन अधिकारीहरुलाई उल्टै प्रश्न गर्न थालेका छन् ।’

नगरपालिकाका शाखा अधिकृत अधिकारीको संयोजकत्वमा  नगरस्तरिय बजार अनुगमन टोली गठन गरिएको छ ।

नगरपालिकाबाट नियमित अनुगमन गर्ने, सूचनाहरु रेडियोबाट प्रशारण गर्ने,  व्यवसायीहरु, उपभोक्ताहरुलाई बेला–बेला तालिमहरु दिने, नगरपालिकामा व्यवसाय दर्ता गर्नुपर्छ ?, कर तिर्ने बानिको विकास गर्नुपर्छ भन्ने कुरा जनचेतना फैलाउने  जस्ता कार्यक्रमहरु गरिएको नगरपालिकाका पमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए ।

भूमिकास्थानमा मात्रै होइन्, अहिले उपभोक्ताले समेत दैनिक उपभोग्य सामानको  मिति छ कि छैन भन्नेकुरा राम्रोसँग बुझेर  मात्रै  प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको जानकारी पाएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत नेपाली उपभोग्य वस्तुमा उत्पादन मिति, एक्सपायर मिति र बिक्री मूल्य जस्ता कुराहरु हेरेर खरिद बिक्रि गर्ने, कानूनी मापदण्ड अनुसार व्यवसाय दर्ता गर्ने र राज्यलाई कर तिर्ने बानीको विकास भएको देख्दा आफुलाई निकै खुशी लागेको बताए  ।
चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा १० वटै वडामा ७/८  पटक बजार अनुगमन गरिएको र जसबाट अघिल्ला पर्षहरुमा भन्दा व्यवसायी र उपभोक्तामा सचेतना बढेको पाइएको प्रमुख प्रशासकीय अधिकृत नेपालीको भनाइ छ ।

ढाकावाङ्ग, धारापानी, असुरकोट, खिल्जी, ढिकुरा र धनचौरका विभिन्न स्थानमा बजार अनुगमन गरिसकेको भूमिकास्थानले अहिले पनि विभिन्न बजार क्षेत्रको अनुगमन गर्ने गरेको योजना शाखा अधिकृत शेषकान्त घिमिरेले बताए ।

अनुगमन टोली संयोजक अधिकारीको नेतृत्वमा, प्रशासन शाखा प्रमुख तुल्सी प्रकाश गिरी, राजश्व शाखा प्रमुख जगत प्रसाद भुसाल, चेम्बर अफ कमर्शका प्रतिनिधि ज्ञानु श्रेष्ठ, नगरस्तरिय उद्यम विकास सहजकर्ता बन्दना रावत, पत्रकार गोपाल भट्टराई, खिल्जी प्रहरी चौकीको प्रहरी टोलीले  नगर भित्रका पसलहरु नियमित अनुगमन गर्ने गर्छ ।

अनुगमन गर्दा केही पसलहरुमा मुल्यसूची नभएको, केही पसलमा बेकरी आइटम, बिस्कुट, चाउचाउ, मसलाजन्य खाद्य वस्तु, सूर्तिजन्य पदार्थ, मिठाइ र जंकफुड जस्ता म्याद गुज्रिएका सामान र इजाजत नलिइ बेच्न राखेका सामानहरु जफत गरिएको अनुगमन टोलीले जनाएको छ । 

यस्तै केही व्यवसायीहरुले पसल दर्ता नगरेको, दर्ता अनुसारको सेवा प्रवाह नगरेको, नविकरण नगरेको, बोर्ड तथा मुल्यसूची नराखेको पाइएको टोली संयोजक शंकर अधिकारीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise