भोजपुर : भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसर भित्र कुकर बम विष्फोट भएको छ । अज्ञात समूहले गएराती नगरपालिकाको गाडी पार्किङ स्थलमा विष्फोटन गराएको हो ।
कार्यालय परिसर भित्र उपमेयर मेरिका राईले चढ्ने बा १ झ ५८१३ नम्बरको गाडि पार्किङ स्थलमा विष्फोटन गराइएको हो । गाडीको पछाडीपट्टी विष्फोट गराइएको भएपनि गाडीमा क्षती नभएका इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।
यस्तै नजिकै पार्किङमा राखिएको नगरपालिकाको जेसीबी र ट्याक्टरमा सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
विष्फोटका कारण कुनै किसिमको क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डप कुमार राजवंशीले बताए । प्रारम्भिक अनुसन्धान भइरहेको र जिल्ला देखि अनुसन्धान टोली आउने तयारी भइरहेको राजवंशीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies