२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

जेनजी आन्दोलनपछि पहिलो पटक च्यासल पुगे ओली

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १ गते १५:२९
जेनजी आन्दोलनपछि पहिलो पटक च्यासल पुगे ओली

काठमाडौँ : जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन पहिलो पटक ओली आज च्यासल पुगेका हुन् । जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

आन्दोलनपछि सत्ताच्युत भएका ओली अहिले गुण्डुमा बस्दै आएका छन् । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायत नेता कार्यकर्ता सहभागी छन् । 

ADV

सम्बन्धित खबर

Advertise