२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १ गते १३:४५
‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल सकिएको छ ।

शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए । बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए । अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू पनि प्रस्तुत गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise