२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

प्रज्ञा-प्रतिष्ठानमा 'पाठ्यपुस्तक र पाठ्य सामग्रीमा अनुवादको प्रयोग' विषयक अन्तरक्रिया सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज १६ गते १०:४४
प्रज्ञा-प्रतिष्ठानमा 'पाठ्यपुस्तक र पाठ्य सामग्रीमा अनुवादको प्रयोग' विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर 'पाठ्यपुस्तक र पाठ्य सामग्रीमा अनुवादको प्रयोग' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रतिष्ठानकै देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो । 

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर अन्तरक्रिया कार्यक्रमको समुद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्य पुस्तकको अध्ययन अध्यापनमा त्यतिकै रहेको छ र यो स्वयम्मा ज्ञान र सञ्चारको माध्यम भएको बताए । कुनै पनि रैथाने भाषामा अनुवादको माध्यमले प्राथमिक तहदेखि नै प्रभाव पारेको हुने भन्दै यसको महत्त्वलाई सबैले स्वीकार्नुपर्ने उनको धारणा थियो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालको अनुवाद विधासम्बन्धित नीतिको अभावमा अनुवादकार्य र पठनपाठनमा अन्योल परेको बताए । उनले भाषा शिक्षणविधिमा प्रत्यक्ष अनुवादको प्रभाव रहेको बारे चर्चा गरे  ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद ) विभाग प्रमुख हंसावती कुर्मीले उक्त अन्तरक्रियाको सभाध्यक्षता गरेकी थिइन् । उनले अनुवादको माध्यमले ज्ञान आदानप्रदान गर्न सहज हुने बताउँदै शिक्षामा अनुवादको संस्कृतिले पठनपाठनमा दिगो असर पार्ने बताइन् ।

उक्त अन्तरक्रियामा अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाली पाठ्य सामग्रीमा अनुवादको महत्त्व बारे बताए । 

अन्तरक्रियाको प्यानलिस्ट छलफलमा डा.प्रकाश तिवारी, अजम्बरजङ्ग लिम्बू (अमर तुम्याहाङ र करुणा नेपालले भाग लिएका थिए । प्यानलिस्ट अन्तरक्रियाको सहजीकरण चन्द्रबहादुर लामाले गरेका थिए ।
 
उक्त अन्तरक्रियामा डा. प्रकाश तिवारीले अनुवाद ज्ञान धारणका लागी महत्त्वपूर्ण माध्यम भएको बताए । यसैगरी अमर तुम्याहाङले अनुवादको सैद्धान्तिक पक्ष मात्र नभई व्यवहारिक पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउँदै भाषा शिक्षणमा अनुवादको प्रभाव प्रवल रहेको चर्चा गरे । साथै उनले बहुभाषिक अनुवाद कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

करूणा नेपालले अनुवाद दैनिक जीवनबाट शुरु हुने बताउँदै अनुवादसँग भाषान्तर मात्रै नभई प्रत्यक्ष संस्कृति र समाज पनि जोडिन आउने उल्लेख गरिन् । उक्त अन्तरक्रियाको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise