२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

shivam cement
मध्यान्ह
२०८२ भदौ २६ गते १४:४२
भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

महोत्तरीः गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन् । 

महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी/थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गरे ।

‘बुधबार राति तीन जना कारागार आइपुगेका छन्’, ठाकुरले भने, ‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन् ।’ भागेकामध्ये अधिकांश कैदी/थुनुवा फर्कने ठाकुरलाई विश्वास बढेको छ । आपूmले बुधबार कार्यालयबाटै भागेका कैदी/थुनुवालाई फर्कन गरेको अपिलको सकारात्मक प्रभाव परेको उनको ठम्याइ छ ।

‘हामीले कैदी/थुनुवालाई तपाईंहरु फर्कनोस्, कुनै सर्त र थप कार्वाही हुँदैन भनेर अपिल गर्‍यौँँ’, ठाकुर भन्छन्, ‘त्यो अपिल सुने/पढेपछि उहाँहरुको मन फिरेको छ, तीन जना आइपुग्नुभयो, अन्य केहीले आउँदैछौँ भन्नुभएको छ ।’ कारागार कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदी/थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै २४ घण्टाभित्र आइपुग्न अपिल गरेको थियो । सो अपिलमै स्वेच्छाले नफर्कनेको हकमा खोजी गरेर भेट्टाइँदा थप सजाय गरिने उल्लेख गरिएको थियो ।

यसैगरी, मङ्गलबार साँझ जेनजी आन्दोलनको आडमा कारागार भत्काएर भागेका ५७६ जनामध्ये भारतिर पस्ने क्रममा १० जना भारतीय पुलिसको नियन्त्रण रहेका खबर फैलिएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाइने कारागार प्रमुख ठाकुरको भनाइ छ । 

ADV

सम्बन्धित खबर

Advertise