२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

फर्किए हेटौँडा बालसुधार गृहबाट भागेका ४१ बाल बन्दी

shivam cement
मध्यान्ह
२०८२ भदौ २६ गते १७:०५
फर्किए हेटौँडा बालसुधार गृहबाट भागेका ४१ बाल बन्दी

काठमाडौँ : हेटौँडा उपमहानगरपालिका-११ स्थित बाल सुधार गृह तोडफोड गरेर भागेका ७२ जनामध्ये ४१ जना बाल बन्दीलाई फर्काइएको छ ।

हिजो बुधबार र आज बिहीबार गरेर भागेकाहरू ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको बाल सुधार गृहले जनाएको छ । सुधार गृहका अनुसार भागेकामध्ये २ जना आफैँ फर्किएका हुन भने बाँकीलाई प्रहरीले नियन्त्रणमा लिएर बाल सुधार गृहको जिम्मा लगाएको थियो ।

३१ जना अझै फरार रहेको बताइएको छ । १० देखि १५ जना बाल बन्दीहरू परिवारको सम्पर्कमा समेत नआएको अभिभावकहरूले सुधार गृहलाई जानकारी गराएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise