२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

‘शान्तिपूर्ण बाटोबाटै देशलाई निकास दिनुपर्छ’

shivam cement
मध्यान्ह
२०८१ असोज १६ गते २२:०३
‘शान्तिपूर्ण बाटोबाटै देशलाई निकास दिनुपर्छ’

काठमाडौं : नेपाली भूमिमा लामो समयदेखि क्रान्तिको अभ्यास धेरै भएपनि सार्थक निकास नभएकोले अब गान्धी विचारधारालाई अवलम्बन गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । बुधबार काठमाडौंको संवाद डबलीमा गान्धी शान्ति प्रतिष्ठान नेपालले आयोजना गरेको ‘१५५औं गान्धी जयन्ती’को अवसरमा वक्ताहरुले हिंसा भन्दा शान्तिपूर्ण बाटोबाटै देशलाई निकास दिनुपर्नेसमेत बताए ।

सो कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसीले दक्षिणी छमेकी मुलुक भारतलाई ब्रिटिस साम्राज्यको बर्बरताबाट मुक्त गर्ने गान्धी विचारधारा नेपालमा मात्रै नभएर विश्वभरी नै सान्दर्भिक रहेको बताए । केसीले गान्धीको योगदानको चर्चा गर्दै भने,‘गान्धीका समकालिन अरु नेताहरुले हिंसात्मक लडाइँ लडे पनि अन्तिममा गान्धीको ‘भद्र अवज्ञा’ आन्दोलनले मात्रै पार पायो, यो नेपालीले पनि बुझ्नुपर्छ ।’

केसीले गान्धीको शान्तिवादी असहयोग आन्दोलनको प्रस्तावमाथि तत्कालिन राज नेताहरुले हास्यास्पद रुपमा लिएको र ब्रिटिसहरुले पनि सामान्य लिएपनि अन्ततः गान्धी नै सहि सावित भएको बताए ।

पूर्व सांसद हरिचरण साहले नेपालमा कहिले कांग्रेस त कहिले कम्युनिस्टको नाममा हत्या हिंसा चलेता पनि त्यसले देशलाई फाइदा भन्दा घाटा गरेकोप्रति आक्रोु व्यक्त गर्दै गान्धीको बाटो आवलम्बन गर्न सुझाए ।

आयोजक संस्था गान्धी शान्ति प्रतिष्ठानका प्रमुख सल्लाहकार डा.चन्द्र कुमार शर्माले गान्धी सिद्धान्तको आवश्यकताको बारे प्रष्ट्याउँदै नेपाल सर्व धर्म, शान्ति र अहिंसाको बाटोमा अघि बढ्न आवश्यक रहेको सन्देश दिए ।

प्रतिष्ठानका अध्यक्ष डा.लालबहादुर रानाले नेपाल र नेपालीले दीर्घकालीन शान्ति तथा विकासको अपेक्षा गरिरहे पनि देशमा असमानता र अशिक्षाको कारण त्यसो हुननसक्नु दुःखत रहेको बताए । गान्धी जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनताको शान्ति र समृद्धि अपेक्षालाई सरकारले पूरा गर्नुपर्नेमा जोड दिए ।

गान्धी जयन्तीको अवसरमा समाजसेवीहरु दिलबहादुर राना, प्रेम थुलुङ, भगवती कुमारीलगायतलाई संस्थाले कदर पत्रद्वारा सम्मान गरेको थियो । सो अवसरमा संस्थाको लागि अन्तर्राष्ट्रिय सदस्यहरु तथा गान्धी शान्ति दूतहरु भारबाट पद्यम  डा.विजय कुमार साह, अष्ट्रेलियाबाट डा.हेलेन इडवार्ड, इरानबाट प्राध्यापक डा. रेजा अजिज, लण्डनबाट डा.प्रविन रानीलगायतले भिडियो तथा पत्राचारमार्फत शुभकामना सन्देश पठाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise