२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

क्षतिग्रस्त सडक र पुल बनाउन २५ अर्ब बढी लाग्ने

ADV
अस्मिता बम
२०८१ असोज १८ गते ०६:४५
क्षतिग्रस्त सडक र पुल बनाउन २५ अर्ब बढी लाग्ने

काठमाडौं : सरकार क्षतिग्रस्त सडक र पुलको अवस्थाको अनुगमनमा लागेको छ । अनुगमनका क्रममा असोज ११ र १२ गतेको अविरल वर्षाले क्षतिग्रस्त सडक र पुल बनाउन २५ अर्ब बढी लाग्ने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २५ अर्ब बढी लागत लाग्ने अनुमान गरिएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिए । 

मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न  आवश्यक बजेटको अनुमान गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलव्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको बताउँछन् । 

विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवम् जोखिम कम गर्न अतिआवश्यक काम बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

असोज १२ गतेबाट अग्रिम टिकक बुकिङ गरेर यात्रुहरुलाई सुरक्षित ढंगले प्राथमिकता दिई यात्रुहरुलाई गन्तव्य स्थलमा पु¥याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ ।

काठमाडौँबाट छुट्ने यात्रुबाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको छ । 

मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ । प्रारम्भिकअनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब लाग्ने देखिएको छ । 

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका आठ सय पाँच स्थानमा पहिरो गएको छ भने ति क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यसमध्ये सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको छ । 

उनी भन्छन्, ‘गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका आठ सय पाँच स्थानमा पहिरो गएको थियो भने ति क्षेत्रमा सडक अवरुद्ध भएको थियो । त्यसमध्ये सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको छ ।’

२९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ । अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न प्रयास जारी छ । यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।

यही असोज ११ र १२ गते आएको अबिरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरुमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो । 

अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ् पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।  बिपी राजमार्ग चौकीडाँडा–कालढुङ्गा १८ किमिमध्ये करिव १२ किमि सडक पूर्णरुपमा बगेका कारण केही स्थानमा सवारी साधनहरु रोकिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise