२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

तोलामा ११ हजार ६ सयले घट्यो सुन

shivam cement
२०८२ कार्तिक ९ गते ११:३२
Shares
तोलामा ११ हजार ६ सयले घट्यो सुन

काठमाडौँ : नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सम्बन्धित खबर