२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

गमगढी–नाक्चेनाङ्ला सडक : दुई दशकदेखि बनेको बन्यै

ADV
प्रेमराज कार्की
२०८१ असोज १९ गते ०६:४०
गमगढी–नाक्चेनाङ्ला सडक : दुई दशकदेखि बनेको बन्यै

मुगु : गमगढी नाक्चेनाङ्ला सडक खण्ड मुगु जिल्लाको मात्र नभई सिंगो कर्णाली प्रदेशकै लाईफ लाइनका रूपमा रहेको छ । तर, समयमै निर्माण नहुदाँ यसले लाभ दिन सकिरहेको छैन । 

गमगढी नाक्चेनाङ्ला सबैभन्दा छोटो नाका भए पनि सरकारले वर्षौंदेखि बेवास्ता गरिरहेको छ । गमगढी–नाक्चेलाग्ना सडक ८५ किलोमीटर को छ । यो सडक संघीय सरकारको मातहतमा भएर पनि संघीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाग्य भएको स्थानीयको भनाइ छ । 

यो सडक आयोजनाको आर्थिक वर्ष २०६२÷६३ मा विस्तृत सर्भे भएको थियो । गमगढी–नाक्चेलाग्ना सडक अठार वर्षमा सत्र किलोमिटर ट्र्याक खोलिएको छ । गमगढी–नाक्चेलाग्ना सडक संघिय सरकारको उच्च प्राथकितामा नपरेको र आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माणको काममा ढिलो भएको हो ।

सडक निर्माणकार्य सुस्त हुँदा स्थानीयको वर्षौँदेखिको गाडी चढ्ने सपना अझै पूरा हुन सकेको छैन । सडक नबन्दा मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्न दुई, तीन दिन पैदल हिँड्नुपर्ने बाध्यता छ । 

नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिंगो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको भएपनी सडक समयमै नबन्दा नागरिकले समस्या खेपेकै छन  । 

कर्णाली प्रदेशको सम्भावना बोकेको सडक ओझलमा परेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा बताउँछन् । उनी भन्छन ‘मुगुमकार्मारोङ गाउँपालिका ८ माग्री डाँडाको भिर कडा चट्टान फोडन बजेट माग गरिएको छ । तर, सुनुवाइ भएको छैन ।’

गमगढी नाक्चेनाङ्ला सडकको लागि संघ सरकारले गत बर्ष ८० लाख बजेट विनियोजत गरेको भएपनी सरकार फेरबदलले रकम निकासा नभएको र काम रोकिएको जनाइएको छ । 

मुगुमकार्मारोङ गाउँपालिकामा बिकास नहुनु मुख्य सडकको पहुँच नभएर समस्या भएको छ । भौतिक पुर्वधार बिकास निमार्णको लागत भन्दा ढुवानीमा बजेट बढि खर्च हुने गरेकाले सोचे अनुरुप बिकास निमार्णका काम गर्न असहज भएको छ । 

गत बर्षको बजेटमा कर्णाली प्रदेश सरकारको ढुङेधारा देखि लामासिम सम्म ६ किलोमिटर सडक खनिएको छ । यो आर्थिक बर्षमा लामासिम बाट पालिकाको मुख्य केन्द्र पुलु सम्म सडक जोडिने अध्यक्ष लामाले बताए ।

सामग्री ढुवानी गर्न खच्चडकै भर

मुगुमकार्मारोङ गाउँपालिका सडक सञ्जालसँग नजोडिँदा करान भेगका बस्तीमा खाद्यान्न ढुवानीका लागि खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । 

मुगुमकार्मारोङ गाउँपालिका ९ छायलसम्म सडक जोडिएको भएपनि माथिल्लो करान भेगमा सडक सञ्जाल जोडिएको छैन । सडक नहुँदा मुगुमकार्मारोङ गाउँपालिकाबासी सामग्री ढुवानीको लागि खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता छ । 

ढुवानीको विकल्पमा खच्चडको भर पर्नुपरेको स्थानीयको भनाइ छ । खाद्यान्न ढुवानी लगायत अन्य सामग्री ढुवानीको विकल्पमा कि त स्थानीय आफैंले बोकेर लैजानुपर्ने कि खच्चडकै भर पर्नुपर्ने अवस्था रहेको स्थानीय पेमा लामाले बताए ।

मुगुमकार्मारोङ गाउँपालिकामा विकास निमार्णका काम बालुवा, सिमेन्ट र खाद्यान्न सामग्री बोकाएर ल्याउने लैजान खच्चडको पयोग गर्ने गरिएको छ । उकालो, ओरालो, भीरको बाटो हिँड्नुपर्ने हुन्छ, कतिपय ठाउँमा भीरमा खच्चड खसेर मर्ने गरेको उनले बताए ।

मुगुमकार्मारोङ गाउँपालिका सडक सञ्जालमा नजोडिएपछि त्यस गाउँपालिकाका स्थानीयहरुलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुगुमकार्मारोङ गाउँपालिकाबासी र काम विशेषले मुगुमकार्मारोङ गाउँपालिका पुग्नुपर्ने  नागरिकलाई जोखिम मोलेर यात्रा गनुपर्र्ने बाध्यता छ । 

कर्णाली गोरेटो बाटो अग्ला काला पथ्थर जस्ता डाँडाले घेरीएको मुगुमकार्मारोङ गाउँपालिका पुग्नै ज्यान जोखिम राखेर हिँड्नुको बिकल्प छैन । बर्षातको समयमा पहिरोले सडक गोरेटो बाटो अबरुद्ध हुने माथिबाट पहिरो ढुंगा खस्ने जोखिम पनि  मुगुमकार्मारोङ गाउँपालिका पुग्ने बाटोमा उत्तिकै छ । 

साघुंरो बाटो उकाली, ओरालीले गर्दा कति खेर के हुन सक्ने भन्दै कर्मचारी, नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य भएका नेपाल पत्रकार महांसघका अध्यक्ष नृर्पेन्द्र बहादुर मल्लले बताए । 

मुगुमकार्मारोङ गाउँपालिकामा सडक सञ्जालमा नजोँडिदा यात्रामा जोखिम छ । मुगुमकार्मारोङ गाउँपालिका ८ माग्री डाँडामा कडा चट्टानले गर्दा झनै यात्रा जोखिमा छ । साघुरो बाटमा यात्रा गर्दा डर लाग्ने उत्तिकै छ । 

ADVADV

सम्बन्धित खबर

Advertise