२०८१ पुष १४ गते आइतवार / Dec 29 , 2024 , Sunday
२०८१ पुष १४ गते आइतवार
Ads

सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक ग्रासरुट फुटवल प्रशिक्षण सञ्चालन

ADV
मध्यान्ह
२०८१ पुष १३ गते १५:२१
सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक ग्रासरुट फुटवल प्रशिक्षण सञ्चालन

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भुल हलचोकमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ सञ्चालन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।

महानिरीक्षक अर्यालले ६ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई समेटी अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई दक्ष एवं अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यकासाथ सञ्चालन गर्न लागिएको ग्रासरुट फुटबल प्रशिक्षण–२०८१ सफलताको लागि हार्दिक शुभकामना व्यक्त  गरे ।

उनले बालवालिकाहरूलाई फुटबल खेल्ने अवसर प्रदान गरी भविष्यमा समेत उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको प्रशिक्षणले बालबालिकाहरूको बौद्धिक, भावनात्मक र शारिरीक विकासमा समेत बृद्धि हुने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले फुटबल खेलमा रुचि राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र सर्वसाधारणका सन्ततीहरूलाई अनुभवी  प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालयको परिषरमा नवनिर्मित बक्सिंग रिंगको समेत उद्घाटन गरे । उनले बक्सिंग विधाका खेलाडीहरूलाई प्रशिक्षण कार्यमा सहजताको लागि नेपाल एपीएफ बक्सिंग वेशिक  ट्रेनिङ रिंगको समेत निर्माण गरी प्रशिक्षण गराउन लागिएको  बताए ।

ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूको सन्तती १२९ जना, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका सन्तती ४ जना र सर्वसाधारण नागरिकको सन्तती ३५ गरी कुल २ सय ६८ जना सहभागी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise