२०८१ माघ ६ गते आइतवार / Jan 19 , 2025 , Sunday
२०८१ माघ ६ गते आइतवार
Ads

६ महिनामा ९५ नयाँ म्यानपावर कम्पनी

hardik ivf
२०८१ माघ ६ गते ०६:३०
६ महिनामा ९५ नयाँ म्यानपावर कम्पनी

काठमाडौं : चालू आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा ९५ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरणअनुसार पुस महिनामा दर्ता भएका १२ नयाँ म्यानपावर कम्पनीसहित चालू आर्थिक वर्षको ६ महिनामा ९५ नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् । 

म्यानपावर कम्पनीको दर्तामार्फत विभागले पुस मसान्तसम्ममा ७७ अर्ब ८३ करोड रुपैयाँ धरौटी लिएको छ । पुसमा ४७ करोड धरौटी रकम फिर्ता भएको छ । यस वर्षका ६ महिनाको अवधिमा विभागले १६१ म्यानपावर कम्पनीलाई आर्थिक जरिमाना गरेको छ ।

विभागमा पुसमा परेका १३४ उजुरीसहित पुस मसान्तसम्ममा ९५४ उजुरी परेका छन् । ती उजुरीमा ४ अर्ब ८७ करोड २९ लाख ५५ हजार रुपैयाँ क्षतिपूर्तिको माग दाबी गरिएको छ ।  

पुस महिनामा २० सहित ६ महिनाको अवधिमा विभागले मिलापत्र हुन नसकेका ९८ उजुरी अनुसन्धानपछि वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेकोे छ । त्यसमा १९ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबर बिगो असुली तथा क्षतिपूर्ति दाबी गरिएको छ । विभागले पुससम्ममा २९७ उजुरीमा मिलापत्र गराएको बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise