काठमाडौं : साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ ।
चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न समिति गठन भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् ।
लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएपछि मंगलबार चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललार्य सरूवा गरिएको थियो ।
लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा तानेर उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको थियो ।