२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

ड्रोन उडाउने गतिविधि बढ्दा प्रशासन सतर्क

shivam cement
विनोद निगम
२०८२ असोज १२ गते २०:०९
ड्रोन उडाउने गतिविधि बढ्दा प्रशासन सतर्क

नवलपरासी : पछिल्ला केही दिनयता पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा तथा भारतीय सीमा नजिक रातिको समयमा ड्रोन उडाइएका घटनाहरू देखिएका छन् । केही स्थानमा चोरीसमेत भएको समाचार सार्वजनिक भएपनि घटनाहरूको पूर्ण विवरण भने खुलेको छैन । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले यस्ता गतिविधिबाट सुरक्षा संवेदनशीलता बढेको भन्दै ड्रोन उडाउँदा कानूनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार, व्यक्तिगत वा संस्थागत तवरबाट आयोजना गरिने कार्यक्रम, सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व–उत्सवहरूमा मनोरञ्जन प्रयोजनका लागि ड्रोन उडाउनुअघि अनिवार्य रूपमा स्थानीय प्रहरीलाई जानकारी दिनुपर्नेछ ।

२०७५ सालको ‘मानवरहित हवाई उपकरण उडान कार्यविधि’ अनुसार मात्र ड्रोन उडाउन पाइने व्यवस्था भए पनि यदाकदा उक्त कार्यविधिको पालना नगरी ड्रोन उडाइएको पाइएकाले अबदेखि प्रक्रिया पूरा नगरी ड्रोन उडाउनेहरूलाई सम्बन्धित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise