२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

मुद्दा चलाएर मात्रै मानव बेचबिखनको समस्या समाधान हुँदैन : पूर्वमन्त्री केसी

ADV
अर्जुन बेल्बासे
२०८१ मंसिर १८ गते २०:४५
मुद्दा चलाएर मात्रै मानव बेचबिखनको समस्या समाधान हुँदैन : पूर्वमन्त्री केसी

कपिलवस्तु : वर्षौंदेखि सक्रियतापूर्वक मानव बेचबिखन हटाउन  काम गर्दै आएको शान्ति पुनर्स्थापना, गृह कपिलवस्तुले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा गरेको छ ।

मंगलबार कृष्णनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सदस्य तथा पूर्व वन तथा वातावरणमन्त्री अर्जुन केसीले  मानव बेचबिखन अविभावक जिम्मेवार नभए सरकार र प्रहरीले मात्र मुद्दा चलाएर मात्रै समस्या समाधान नहुने बताए ।

कार्यक्रममा बोल्दै उनले पछिल्लो समय मानव आचरण  समाजको संरचना भत्किएजस्तै भएको बताए । मानव बेचबिखन नियन्त्रण गर्न परिवार, अभिभावक जिम्मेवार बन्नुपर्ने उनले बताए ।

मानवबेचबिखन एवं लागुपदार्थ  दुव्र्यसन नियन्त्रमा सरकारले अरबौं बजेट खर्च गरेपनि प्रभावकारी रुपमा  रोकथाम गर्न नसकेको बताए ।

मानव बेचबिखन, लागुऔषधजस्ता  दैनिक रुपमा व्यवहार परिर्वनका विषयमा प्राथमिक तहबाटै पाठ्यक्रममा समावेश  गरी अध्ययन अध्यापन गराउनुपर्ने उनले बताए । 

शान्ति पुनर्स्थापना गृहको केन्द्रीय अध्यक्ष शान्ता सापकोटाले शान्ति पुनर्स्थापना गृहले विगतदेखि नै मानव बेचबिखन रोकथाम, उद्दार, पुनर्स्थापना, र पुनर्मिलनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइन् । अध्यक्ष सापकोटाले नेपाली चेलीबेटीहरू विदेशमा राम्रो अवसरको प्रलोभनमा परी बेचिने गरेको बताइन् । ‘पीडितहरूलाई नयाँ जीवन सुरू गर्न हाम्रो सस्थाले काम गरेको बताउनु भयो।  समुदायस्तरमा चेतना फैलाउन र पीडित परिवारलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम सञ्चालन गरेका छौं’ उनले भनिन् । 

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले शान्ति पुनर्स्थापना गृहले व्यवस्थित रूपमा काम गरिरहेको भन्दै जनप्रतिनिधिमा सहकार्यको भावना भएन भने विकासमा अवरोध सिर्जना हुने बताए । रक्षा निकाय र स्थानीय सरकारसँगको सहकार्यले मात्र मानव बेचबिखन नियन्त्रको समस्या समाधान सम्भव रहेको बताए । 

शान्ति पुनर्स्थापना गृहले देशभरि कार्यक्षेत्र बनाउँदै उत्कृष्ट काम गरेको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले बताइन् ।  किशोरकिशोरीहरू साथीहरूको लहैलहैमा फस्ने क्रम रोक्न विद्यालयमा पालिकाबाट सचेतना कार्यक्रम सञ्चालन गरेको उनले बताए । भौतिक विकासमा मात्रै ध्यान दिएर मात्रै नहुने भन्दै सामाजिक, लैंगिक समानता, किशोरी–युवाको क्षमता अभिवृद्धि, र शिक्षाका कार्यक्रममा लगानी गर्न अत्यावश्यक रहेको उनले बताए । 

गैरसरकारी संस्था महासंघको प्रदेश उपाध्यक्ष सुशिला बेल्बासेले  मानव बेचबिखन अहिले खुला रूपमा सीमाबाट नभएर  यसका नयाँ तरिकाहरू विकास भएको बताइन् । परिवार आत्मनिर्भर भए बेचबिखन रोकिन सक्ने उनले बताइन् । स्थानीय सरकारको कमजोर संरचना र परिपालन प्रणाली सुधार गर्न आवश्यक छ ।

शान्ति पुनर्स्थापना गृहले दीर्घकालीन सुधारका काम गरेको भन्दै चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेलले समाज सुधारका लागि संस्थागत र व्यक्तिगत दुवै तहबाट सहयोग गर्न तयार रहेको बताए । शान्ति पुनर्स्थापना गृहको कार्यप्रति प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढ्न सुझाव दिए । 

ईलाका प्रहरी कार्यालय कृष्णाका प्रमुख सुरज खत्रीले समाजमा विकराल अवस्था सिर्जना भएको बताए । शान्ति पुनर्स्थापना गृहको सहकार्यमा उद्दार गरिएका प्रयासले धेरै परिवारमा खुसी ल्याएको उनले बताए । प्रहरी र संस्थाबीचको सहकार्यलाई अझ उत्कृष्ट बनाउँदै अगाडि बढ्ने उनले बताए । सामाजिक परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह कृष्णनगरका कार्यक्रम सुपरभाइजर डिल्लीराज तिमिल्सिनाले आर्थिक वर्ष २०८०/८१ मा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कपिलवस्तुले ३ सय ४६ जनालाई उद्धार गरेको जानकारी गराए । 

त्यस्तै आर्थिक आर्थिक वर्ष २०८०/८१ मा कुल ९ हजार ८ सय २२ जनालाई सूचना तथा परामर्श दिएको उनले बताए । कपिलवस्तुको कृष्णनगरमा सम्पन्न भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृहका पदाधिकारीहरू, कपिलवस्तुका जनप्रतिनिधिहरू, नेपाल, भारतका पत्रकारहरु, विभिन्न संघसंस्थामा आबद्ध भएका प्रतिनिधिहरु सहभागी भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise