२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

वीरगञ्जमा झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

shivam cement
२०८२ कार्तिक २ गते ११:४४
Shares
वीरगञ्जमा झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

पर्सा : वीरगञ्ज महानगर-१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर-१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर