२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रेमपत्र

shivam cement
मुकुल दाहाल
२०८२ कार्तिक ३ गते १३:००
Shares
प्रेमपत्र

यतिका दिनपछि आज
तिमी यता फर्किछ्यौ र तिम्रो चिठी आयो 

तिमी जुन दिशातिर गएकी थियौ
म त सधैँ त्यतै फर्किएर उभिएको थिएँ

तिमीले फेरेको श्वास 
हावाले उडाएर यतै ल्याउँछ कि भनी 

तिमीलाई छोइआएको बतास चिन्न पो सकिन्छ कि भनी 
तिम्रो टाउकाबाट चुँडिई झरेको केश
उडेर यता आइपुग्छ कि भनी 

तर केही नआएरै बित्यो यति लामो समय

आज यति लामो समयपछि तिमीले
केही लेखी पठायौ
तिम्रा आफ्नै औँलाले कोरेका अक्षरहरू
यत्रो भिड छिचोलेर
मकहाँ आइपुगे 

उडिरहेको बतासको हात समाई हिँडेकी तिमीलाई
खै, कुन ताकतले हो यता फर्काएछ 

यो चिठी म खोलूँ या नखोलूँको 
दोसाँधमा छु

यसमा खुर्सानीको धुलो जस्ता पिरा शब्दहरू पनि हुन सक्छन्
या दुधमलाई जस्ता गुलिया वाक्यहरू

यसमा टुक्रिएको आशा जोड्ने रसायन पनि हुन सक्छ
या मनलाई अभैm धेरै टुक्रा पार्ने छिनो

चिठी आउनु नै अहिले जीवन भएको छ 

यतिका वर्षपछि तिम्रा परेलाहरू यता मोडिए
मलाई सम्झिएर तिम्रो मनका ओठहरू चले
र एउटा फूलको थुँगा जसरी आयो
यो चिठी मकहाँ 

त्यसैले मैले खोलेको छैन यसलाई
केवल स्पर्श मात्र गरिरहेछु ।

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

 

सम्बन्धित खबर