काठमाडौं : पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies