
काठमाडौं : नेकपा(एमाले)का पूर्वसांसद एवम् व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो ।
प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
प्रभु रेमिटेन्स तथा सहकारीको पैसा प्रभु ग्रुपले हिनामिना गरेको विषयमा भट्टचनविरुद्ध यसअघि नै उजुरी परेपनि रोकिदै आएको थियो । प्रभु ग्रुपकै पूर्वसञ्चालक कुसुम लामाले भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा उजुरी गरेकी थिइन् । तर, उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो ।
सिआइबीका प्रमुख मनोज केसीले रेमिट्यान्सको रकम ठगीसम्बन्धि विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन् ।