बझाङ : बझाङका १२ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने कार्यतालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय बझाङले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जिल्लाका हरेक विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
कार्यालयका अनुसार बझाङका सबै विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइने छ । स्वास्थ्य कार्यालय बझाङले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरि खोप अभियान चलाउने बताएको छ । खोप अभियानअन्तर्गत जिल्लाको साइपाल गाउँपालिकामा विद्यालय जाने १ सय ७४ र विद्यालय नजाने २० गरी १ सय ९४, बुंगल नगरपालिकामा विद्यालय जाने २ हजार ५ र विद्यालय नजाने ५ गरी २ हजार ५८, सुर्मा गाउँपालिकामा विद्यालय जाने ५ सय ४ र विद्यालय नजाने ७ गरी ५ सय ७७, तलकोट गाउँपालिकामा विद्यालय जाने ८ सय १५ र विध्यालय नजाने १० गरी ८ सय २५ किशोरीले खोप पाउने छन् ।
यस्तै मष्टा गाउँपालिकामा विद्यालय जाने ८ सय ७६ र विद्यालय नजाने ५ गरी ९ सय ११, जयपृथ्वी नगरपालिकामा विद्यालय जाने १ हजार ३ सय ९५ र विद्यालय नजाने १ गरी १ हजार ३ सय ९६, छविसपाथिभेरा गाउँपलिकामा विद्यालय जाने ७ सय ३७ र विद्यालय नजाने २२ गरी ७ सय ५९, दुर्गाथली गाउँपालिकामा विद्यालय जाने ७ सय ५७ र विद्यालय नजाने ४ गरी ७ सय ६१ किशोरीले खोप पाउने छन् ।
यस्तै केदारस्युँ गाउँपालिकामा विद्यालय जाने १ हजार ६ सय ४१ र विद्यालय नजाने २८ गरी १ हजार ६ सय ६९, वित्थडचिर गाउँपालिकामा विद्यालय जाने १ हजार २ सय २८ र विद्यालय नजाने २४ गरी १ हजार २ सय ५२, थलारा गाउँपालिकामा विद्यालय जाने ८ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा विद्यालय जाने ८ सय ५० र विध्यालय नजाने २१ गरी ८ सय ७१ किशोरीले खोप पाउने छन् । जिल्लाभरि विद्यालय जाने ११ हजार ८ सय ३५ र विद्यालय नजाने २ सय ९१ गरी १२ हजार १ सय २६ किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीले बताए ।
‘सरकारले बझाङका सबै पालिकामा खोप अभियान चलाउने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म बझाङमा खोप अभियान चल्नेछ’, उनले भने, ‘पछि गएर महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै एचपीभी खोप लगाउनुपरेको हो । पाठेघरको क्यान्सर हुन नदिन सरकारले खोप अभियान थालेको हो ।’
प्रमुख धामीका अनुसार खोप अभियानमा कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप केन्द्र राखेर भ्याक्सिन लगाइनेछ । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने उनले बताए ।
धामीले भने, ‘पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको ज्यान जाने भएकाले क्यान्सर नियन्त्रणका लागि विश्व स्वास्थ्य संघले प्रमाणित र सिफारिस गरेको खोप लगाइने छ ।’
क्यान्सरका कारण हुने मृत्युमा पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङले साइपाल गाउँपालिकामा८ जना स्वास्थ्यकर्मी र १६ जना स्वयंमसेवक गरी २४ जना, बुंगल नगरपालिकामा विद्यालय९ जना स्वास्थ्यकर्मी र ७८ जना स्वयंमसेवक गरी १ सय १७ जना, सुर्मा गाउँपालिकामा ८ जना स्वास्थ्यकर्मी र १६ जना स्वयंमसेवक गरी २४ जना, तलकोट गाउँपालिकामा १२ जना स्वास्थ्यकर्मी र २४ जना स्वयंमसेवक गरी विद्यालय६ जना खटाइने भएको छ ।
यस्तै मष्टा गाउँपालिकामा १५ जना स्वास्थ्यकर्मी र विद्यालय ३० जना स्वयंमसेवक गरी ४५ जना, जयपृथ्वी नगरपालिकामा विद्यालयविद्यालय जना स्वास्थ्यकर्मी र ६६ जना स्वायंमसेवक गरी ९९ जना, छविसपाथिभेरा गाउँपालिकामा २४ जना स्वास्थ्यकर्मी र ४८ जना स्वयंमसेवक गरी ७२ जना खटाइने छ ।यस्तै दुर्गाथली गाउँपालिकामा ९ जना स्वास्थ्यकर्मी र १८ जना स्वयंमसेवक गरी २७ जना, केदारस्युँ गाउँपालिकामा १८ जना स्वास्थ्यकर्मी र ३६ जना स्वयंमसेवक गरी ५४ जना, वित्थडचिर गाउँपालिकामा १४ जना स्वास्थ्यकर्मी र २८ जना स्वयंमसेवक गरी ४२ जना खटाइने छ ।
यस्तै थलारा गाउँपालिकामा १४ जना स्वास्थ्यकर्मी र २८ जना स्वयंमसेवक गरी ४२ जना र खप्तडछान्ना गाउँपालिकामा २३ जना स्वास्थ्यकर्मी र ४६ जना स्वयंमसेवक गरी ६९ जना खटाइने प्रमुख धामीले बताए । खोप अभियानमा जिल्लाभरि २ सय ९१ स्वास्थ्यकर्मी र ४ सय ३४ स्वयंमसेवक गरी ६ सय ५१जना जनशक्ति खटाइने जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
अभियान संचालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालाई अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको पनि जिल्ला स्वास्थ्य कार्यालय बझाङले जानकारी दिएको छ ।