२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ४ गते ११:२३
स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

 

भरतपुर: चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । 

आज बिहान भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । 

उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise