२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

महाकालीको किनारमा विपीनको दाहसंस्कार

shivam cement
२०८२ कार्तिक ४ गते १२:१०
Shares
महाकालीको किनारमा विपीनको दाहसंस्कार

महेन्द्रनगर : महाकाली नदीको किनारमा आज विपीन जोशीको दाहसंस्कार गरिएको छ । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पुर्‍याइएको थियो । 

आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । 

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए । दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिनको सोही अवधिमा मृत्यु भएको थियो ।

हमासको आक्रमणमा परी विपिनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका छन् । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरु दुई वर्षअघि इजरायल पुगेका थिए ।

ताजा खबर

सम्बन्धित खबर