२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

यात्रा गान

shivam cement
बीपी अस्तु
२०८२ कार्तिक ५ गते १३:०५
Shares
यात्रा गान

जाने त त्यहीँ हो  
जहाँ हुँदैन कुनै भयको पिँजडा 
आज जोगाऔँ त्यहाँसम्म देख्ने
आकाशजस्तै निर्बन्ध आँखाहरू ।

उनीहरूले हालेका छन् रेखाहरू
मनमा 
जीवनमा 
धरामा
मेट्दै मेट्दै जानु छ ती 
पुग्नु छ त्यहाँ 
जहाँ हुँदैन कुनै रेखा
हाम्रा सपनाको गति रोक्न

उनीहरू हाम्रा गोडा बाँध्न 
हरेक रात बाट्छन् नेलहरू 
तिनलाई पनि थाहा छ 
नेलले बाँध्न सकिन्नन् चेतनाका गोडा

अन्त्यमा उनीहरू हाम्रा आँखामै हमला गर्नेछन् 
आँखाहरू फुटाउनै अर्जापिएका हुन् यी हतियारहरू  
आँखाहरू फुटाउनै भट्टिमा पकाईदै छन् अणुहरू 
हामी नभुलौँ कि, 
हाम्रा दृष्टिहरू स्वयं ब्रह्मास्त्र हुन्

त्यो निर्मुक्त संसारमा सास फेर्ने संकल्प 
हाम्रो पैतला हो 
बाटो त कहाँ बनेको हुन्छ र ?
जहाँ पैतला हिड्यो त्यहीँ बाटो बन्छ 
जसरी हाम्रा पुर्खाहरूले 
नुन बोक्दा पैतला टेकेको भिर 
बाटो बन्यो

जाने त त्यहीँ हो  
जहाँ हुँदैन कुनै पिंजडा 
चाहे होओस्‌, यो यात्राको आयु समयको जत्तिकै ।

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर