२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

क्यान–निगम विवाद : अनुमति बिना मर्मतमा जाँदा निगमको एकाउन्टेबल टिम निलम्बित

ADV
मध्यान्ह
२०८१ असार १२ गते २०:००
क्यान–निगम विवाद : अनुमति बिना मर्मतमा जाँदा निगमको एकाउन्टेबल टिम निलम्बित

काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अनुमतिबिना इटाली पुगेको भन्दै विवाद शुरु भएको छ । निगमको जहाज मर्मतका लागि जहाज इटाली पुगेपछि क्यान र क्यानबीच विवाद शुरु भएको हो ।

प्राधिकरणकाअनुसार लामो समयदेखि नेपालको उड्डयन क्षेत्रलाई सुरक्षा सूचीमा राख्दै आएको ईयू क्षेत्रको इटालीमै निगमले अनुमतिबिना जहाज उडाएपछि विवाद शुरु भएको जनाइएको छ ।

जुन २२ गते निगमको वाइडबडी विमान नियमित उडानका क्रममा यात्रु लिएर दुबई गएको थियो । त्यहाँबाट क्यानको अनुमतिबिना मर्मतका लागि उक्त जहाज इटाली लगिएको क्यानले आरोप लगाएको छ । नेपाल वायुसेवा निगम इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशक देवकृष्ण सञ्जेलकाअनुसार जुन २२ तारिखमा नियमित उडानका क्रममा दुबई पुगेको जहाज त्यहीँबाट मर्मतका लागि इटाली गएको हो ।

क्यानका प्रवक्ता हंसराज पाण्डेयकाअनुसार कुनैपनि बायुसेवा कम्पनीले जहाज मर्मतको लागि जाँदा तोकिएको प्रक्रियाअनुसार क्यानसँग अनुमति लिनुपर्ने हुन्छ । अनुमतिबिना मर्मतका लागि ए३३०–२०० सिरिजको दर्ता नम्बर ९ एन–एएलवाई जहाज ईयू क्षेत्र पुगेपछि क्यानले निगमको तर्फबाट एकाउन्टेबल म्यानेजरसहित सदस्यको समूहमा रहेर काम गर्दै आएका ५ जनालाई निलम्बन गरेको जनाइएको छ । जसमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित दुई जना क्याप्टेन, एकजना अपरेशन डाइरेक्ट र एकजना म्यानेजर रहेका छन् । ‘मर्मतका लागि वायुसेवा कम्पनीहरुका जहाज जाँदा निगमको अनुमति लिुपर्छ । तर त्यसो नगरेकाले प्राधिकरणले आफ्नो नियमित कारबाहीअन्तर्गत उक्त निर्णय गरेको हो’, प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेयले सञ्चारमाध्यमलाई बताएका छन् ।

तर, निगमले मंगलबार नै विज्ञप्ति जारी गर्दै आफूले प्रक्रिया पूरा गरेर मात्रै मर्मतको लागि जहाजलाई इटाली पठाएको दाबी गरेको छ । तर, निगमले प्रतिस्पर्धाबाट मर्मत गर्ने कम्पनी छनौट गरेपनि नियामक क्यानबाट एप्रुभल भइनसकेको प्रक्रिया अगाडि ‘बढाइसकेको’ विज्ञप्तिमार्फत् स्वीकार गरेको छ ।
क्यानका प्रवक्ता पाण्डेयले चित्तबुझ्दो जवाफ आएमा कारबाही फुकुवा हुन सक्नेसमेत बताएका छन् । नेपालको उड्डयन क्षेत्रलाई लामो समयदेखि ईयूले सुरक्षा सूचीमा राख्दै आएको छ । उसकै क्षेत्रमा निगमले नियमित प्रक्रिया उल्लंघन गरेर जहाज पठाएकाले थप समस्या पार्न सक्ने आशंका देखिएको उनले बताएका छन् । 

क्यानकाअनुसार जहाज मर्मतका लागि सम्बन्धित कम्पनीले पनि क्यानको अनुमति लिनुपर्ने हुन्छ । जसले गर्दा मर्मत सेन्टरमा पुगिसकेको जहाजको मर्मत समेत क्यानले रोक्दिनसक्ने देखिएको छ । जसले गर्दा निगमको व्यावसायिक क्रियाकलापमाथि नै असर पर्न सक्छ । साथै, क्यानले इटालीस्थित कम्पनीलाई जहाज मर्मतका लागि अनुमति नदिएमा निगमको जहाज त्यतिकै नै फर्कनुपर्ने अवस्था हुनसक्ने देखिएको छ । नियामक निकाय क्यान र निगमबीचमा नेपालको हवाई क्षेत्र सम्बन्धित विभिन्न विषयमा हुने विवाद पछिल्लो केही वर्षयता चर्किँदै गएको देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise