२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

नसर्ने रोगको पहिचानका लागि एकमहिने स्क्रिनिङ अभियान सुरु

hardik ivf
जुनु भट्टराई
२०८१ फागुन १ गते २१:३५
नसर्ने रोगको पहिचानका लागि एकमहिने स्क्रिनिङ अभियान सुरु

विराटनगर : कोशी प्रदेशमा एक महिनासम्म नसर्ने रोगहरूको ‘स्क्रिनिङ’ (पहिचान गर्ने) अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरुको पहिचान गर्ने महिनाको रुपमा मनाउने निर्णय गरेसँगै बिहीबारबाट कोशी प्रदेश सरकारले उक्त अभियान सुरु गरेको हो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको नसर्ने रोग राष्ट्रिय अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अभियानको बारेमा जानकारी दिँदै प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहेताले अभियान अन्तर्गत ३० वर्ष माथिका सबै नागरिकलाई मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण) रक्तचाप (ब्लड प्रेसर) मापन, मिर्गौला सम्वन्धी रोग, उचाई र तौलको आधारमा (बीएमआई) मापन हुने बताए । 

उनले यो जाँच देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा उपलव्ध समेत जानकारी दिए । 

कार्यक्रममा स्वास्थ्य मन्त्री  भुपेन्द्र राईले पछिल्लो समयमा बढ्दै गएको नसर्ने रोगको पहिचान गर्न र नसर्ने रोग छ कि छैन भनेर जानकारी लिनका लागि अभियान सुरु गरिएकोे बताए । मन्त्री राईले उपचारात्मक सेवामा सुधारसँगै निरोधात्मक विधि प्रवद्र्धन गर्ने नीति अघि सार्दै नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फागुन महिनामा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग) को पहिचानका लागि अभियान २०८१ संचालन गर्ने निर्णय भएको समेत बताए । 

कार्यक्रममा मन्त्रालयकी सचिव राधिका थपलियाले सबैले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने भावना राखेर आफ्नो स्वास्थ्यलाई ध्यान दिने हो भने आफु स्वास्थ्य हुने मात्र होइन राज्यलाई आर्थिक भारबाट जोगाउन सकेत मद्धत पुग्ने बताइन् । 

एसोसियसन अफ प्राईभेट हेल्थ ईन्सटिच्युसन नेपाल(अफिन) का कोशी प्रदेश अध्यक्ष तथा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर प्रसाद अधिकारीले  नसर्ने रोग जीवनशैली परिवर्तनबाट रोकथाम गर्न सकिने जानकारी दिए ।  

नसर्ने रोग विश्वभरि रोग र मृत्युको प्रमुख कारणहरूमध्ये एक हो । नेपालमा पनि नसर्ने रोगहरुको कारण बिरामी हुने एबम मृत्यु हुनेहरुको अनुपात बढ्दै गइरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि सुरु गरिएको अभियानको उद्देश्य प्रमुख नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा नसर्ने रोगको जोखिमको अवस्था शरीरको उचाई र तौल अनुपातको स्थानिय तहका स्वास्थ्य संस्थामा प्रारम्भिक चरणमै पहिचान गर्ने हो । 

राष्ट्रिय प्रादेशक तथा स्थानीय तहमा हाल सञ्चालित कार्यक्रमहरू जस्तै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम, पेन कार्यक्रम समेतको संलग्नतामा अभियानमार्फत रोग पहिचान भएका व्यक्तिहरूको उक्त स्वास्थ्य संस्थामै प्रचलित प्रोटोकलको आधारमा उपचारको व्यवस्था गर्ने प्रोटोकोल अनुसार जटिलता पहिचान भएका बिरामीहरुलाई समन्वयात्मक प्रेषण गर्ने, सबै स्वस्थ रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरू जस्तै मोटोपना, धुम्रपान तथा मध्यपान, अधिक नुनको प्रयोगलगायतका कमी ल्याउने उद्देश्यको स्थानीय समुदायहरूको सहभागितामा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिको राष्ट्रिय अभियान सञ्चालन गर्ने रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise