तप्प तप्प तिमी पनि रसाएको देखें !
गहबाट सक्दो बह खसाएको देखें !!
तिमिलाई त मेरो काख, म कहाँ जाउँ ?
सुक्क सुक्क, दु:ख रह, पसाएको देखें !
म हाँस्दा ओठ हास्छ, तिमी हाँस्दा मन
खोइ बुझेकी ? शंकाघर बसाएको देखें !
तप्प तप्प तिमी पनि रसाएको देखें !
गहबाट सक्दो बह खसाएको देखें !!