
तप्प तप्प तिमी पनि रसाएको देखें !
गहबाट सक्दो बह खसाएको देखें !!
तिमिलाई त मेरो काख, म कहाँ जाउँ ?
सुक्क सुक्क, दु:ख रह, पसाएको देखें !
म हाँस्दा ओठ हास्छ, तिमी हाँस्दा मन
खोइ बुझेकी ? शंकाघर बसाएको देखें !
तप्प तप्प तिमी पनि रसाएको देखें !
गहबाट सक्दो बह खसाएको देखें !!
तिहारमा कविता शृङ्खला
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल
तिमी र म सँगै रोपौं - बबिता भट्टराई
जीवन र कविता - भानुभक्त आचार्य
सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा
नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी
तिमीलाई पर्खिरहेछु - जनक कार्की
तिमी पनि रसाएको देखें - झलकजी विकल्प
फर्किन मन छ - दीर्घराज उपाध्याय
एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा