२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

मानसिक स्वास्थ्य दिवसको अवसरमा सचेतना कार्यक्रम

shivam cement
युवराज पुन
२०८२ असोज २४ गते २१:१६
मानसिक स्वास्थ्य दिवसको अवसरमा सचेतना कार्यक्रम

रुपन्देही : विश्व मानसिक स्वास्थ्य दिवस–२०२५ को अवसरमा देवदहमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ देवदह मेडिकल कलेज तथा देवदह मेडिकल कलेज न्यूरोसाइक्याट्री विभागको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विविध गतिविधिहरू प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा देवदह मेडिकल कलेजमा तेस्रो वर्षमा अध्ययनरत छात्राछात्रहरूले नाटक तथा प्रतिभा प्रदर्शन गरेर मानसिक स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्य राखेका थिए । कार्यक्रमको आथित्य रोट्र्याक्ट क्लब अफ देवदह मेडिकल कलेजका अध्यक्ष र प्रशिक्षार्थी डा.अभिषेक ढकालले ग्रहण गरेका थिए ।

कार्यक्रममा डा.नर्स, विद्यार्थी र बिरामीहरू गरी ६० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । सोही अवसरमा न्यूरोसाइक्याट्री विभागका बिक्रम काफ्लेले मानसिक स्वास्थ्यलाई बेवास्ता गर्नु समाजका लागि ठूलो चुनौती भएको उल्लेख गर्दै मानसिक बिरामीहरूप्रति समाजका सबै वर्गले विशेष ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी न्यूरोसाइक्याट्री विभागकी डा.अर्पणा पोखरेलले आगामी दिनमा मानसिक स्वास्थ्यको विषयलाई अझ राम्रोसँग जनसमुदायमा पुर्‍याउन विभिन्न जनउपयोगी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । 

सहभागीहरूले उक्त कार्यक्रमलाई अत्यन्त उपयोगी, ज्ञानवर्धक र प्रेरणादायी भएको बताएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise