– राजनारायण राई
खोलाको पानी सललल बगिरहेको छ । रूखहरूले नयाँ पौला हुर्काउँछ फेरि पात झरेर पतझड़ भई परिवर्तनको अथक बोध गरिरहेकै हुन्छ ।
मानिसहरू यही गतिविधिभित्र जीवन धान्नु कति आतुर देखिन्छन् । यस्तै समय परिक्रमाको परिधिभित्र दुःख–सुख कहिले होशमा कहिले बेहोसमा जीवन व्यतित गरिरहेका छन् मने ।
आँगनमा बसेर मने खै कुन्नि के के सोचिरहेको हुन्छ । त्यही समय उसको स्वास्नी धनमती फिक्का चिया लिएर आइपुग्छीन् अनि चियाको कप अघि राखिदिदा मात्र मने झस्किन्छ । धनमतीले भित्र बस्नु नि ! किन आँगनमा बिसिराको ‘लाटा’ भनि प्यारो बोलीले आग्रह गर्दै रहेछिन् । मनेले मुसुक्क हाँसेर बुझेर हो या नबुझी प्यारी स्वास्नीको आग्रहलाई स्वीकृति गरे झै चिया कप थापी घरभित्र लम्किहाल्छ । बिचरा मने कम्ती सुन्छन् । कान कमजोर हुनाले जोड़ले नै बोलाउनु पर्ने एउटा बाध्यता थियो ।
जे होस् मनेको राम्री स्वास्नी छे । मनेलाई स्वास्नीले हरेक काममा हात बड़ाई सहयोग गर्ने गर्थीन् । मने कहिले गज्जकै परेर आफ्नो स्वास्नीको बड़ी बड़ाई गथ्र्यो । रूप–रंग कुनै स्वार्थी मोहोले होइन तर मनेको भित्री पट्टिको प्रेम स्वीकारी आफु मनेप्रति समर्पित बनेकी प्यारी धनमती । कति आँटिलो मानवताले भरिएको एउटी निस्वार्थ नारी थिइन् ।
मनेलाई पारिवारिक चिन्ता साथै दिन प्रतिदिन बेरोजगारीको चपेटामा चेप्टीएर चेप्टो, नेप्टो खै के–के नै भइसकेको जस्तो नै लाग्दथ्यो । तर, पनि हार नखाई संघर्ष गर्नु सिपालु छन् मने । उ कहिले ढुङ्गामा कहिले बालुवामा त कहिले दाउरा बेचबिखन देखि भ्याए जति सप्पै कामहरूसंग साइनो गाँस्नु खप्पिस छन् । मनेले यसरी नै जिविका धान्नु सिकिसकेका छन् । बाँच्नु जानिसकेका छन् ।
त्यही गाउँको चाउरे भने मनेसँग खुब जल्थ्यो । उ आफ्नै मान्छे । एउटै गोत्र । हेर्नुमा हृष्ट–पुष्ट खाईलाग्दो एक घुस्सी हाने घुपलुक्क पारिदिनेखाले वजनदार देखिए पनि चरित्र भने ठ्याक्क नामानुसारकै चौउरिएको उस्तै बुद्धि थिएछ । आफ्नुहरूको आड़मा मनेलाई खुब हेप्नु खोज्थ्यो । बिचारा मने सहेर पनि चुप बस्थ्यो । बुझे पनि नबुझे झै गर्ने गथ्र्यो किन भने चाउरे पढ़ाको लेखेको अनपढ़नै थियो ।
चाउरेले आफुलाई खुब बुद्धिमानी ठान्थे । उसलाई हेर्नुमा पनि बाठ्ठे ढाँचाको देखिन्थ्यो । गाँव घरमा उत्तिकै सत्कार पाएको मान्छे तर पनि किन हो किन मनेलाई हेरी सहन्थेन । सानो–सानो कुरामा मनेलाई हांँसोको पात्रो बनाई छोड़थ्यो ।
एक रात हुरी चल्यो । मनेको पेशा नै उस्तै थियो । बिहानै एक भारी सुक्खा दाउरा खोजेर भारी बोकी चाउरेकै बाँझोबारी पारेर घर फर्की आएछ । त्यो कुरा चाउरेले थाहा पाएछ । एक त मन नपराको मान्छे अर्को आफ्नो बारीमा हिड़ेको दोषी भेटाएपछि रिसले रपिएर मनेलाई खोजेछ तर भाग्यवश मनेलाई घरमा भेटेन र खतरा टर्यो ।
त्यसरी नै त्यो दिन बितेर गयो । चाउरे आफै चिसो पानी बन्नु पर्यो, मन भरी प्रतिशोध लिएर । त्यसैले होला मने भेट्नै नसकेपछि भोलिपल्ट बिहानै कालो कोइलाले बाँसको खपेटामा लेखिराखेछ– ‘अब चोर जस्तो मेरो बारीको कन्लाबाट हिड़्लास् लाखेस् ।’ लु ! हेर यति सानो कुरामा कति घिनौना बिवेक एउटै धाराको पानी खानेहरू‘.एउटै आँगनमा रमाउनेहरू भएर पनि यस्तो घटिया ब्यवहारिकताले कसको छाती पोल्दैन र ? कसलाई बिस्वाद हुँदैन र ?
अब के गरोस् ! मनेले बोल्नै भएन । एक त चाउरे आफैलाई प्रतिष्ठित मान्छ । अब आफ्नो पक्ष राख्यो भने उल्टै आइलाग्ने डर । अर्को कुरा आफ्नै दस नङग्रा खियाएर खाँदा पनि चौउरे जस्ताहरूको पीर । मने एक्लै गनगन गर्छ । हे ! इश्वर, बहिरोपन हुनु पनि आफ्नैहरूबाट हेपिनु पर्ने कस्तो बेस्वाद, चेत खुलाई देउ यि साँड़ेहरूको भन्दै नियास्रो परेर आकाश तिर हेर्छ । अनि मनमनै सोच्छ‘.. इष्र्या र स्वार्थले आफ्नैहरूको टाउको किल्चिएर निर्धक्क बाँच्नुमा मज्जा मान्दोरहेछ चाउरे मोरो । कति नमिठो, कति नमजा लाग्दो हाम्रो संस्कार । बाठ्ठे भनौदा चाउरेको बुद्धि भर्खर बुझ्दैछु । कति सानो मनले बाँच्न सकेको । आफ्नो मान्छे हुन् नि तर छि‘ छि‘ बेअर्थको साइनोहरू यसरी नै मने बरबराउँछन् पनि ।
मनेको गनगन सँगै दिन बित्छ, रात बित्छ, अनि त्यसरी नै महिना बित्दै जान्छ । धनमति चुल्हा चौकासंगै ब्यस्त रहन्छिन् । मनेको व्यस्तता पनि उत्तिकै छदैछ । चेत नपुगेको समय भने घड़ीको सुईसँगै घुमिरहन्छ, घुमिरहन्छ । टिक‘ टिक. टिक‘ टिक‘ निरन्तर‘‘‘. ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies