काठमाडौं : नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार गण्डकी प्रदेशका सासंद एंव संघका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा नेपाली गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयहरुमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो ।
कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई निरन्तरता दिई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सफल भएको संघका अध्यक्ष रामबहादुर गुरुङले बताए । गलंैचा उद्योगको विकास र प्रवद्र्धनका निमित्त नेपाल सरकारले थप ध्यान दिएमा उद्योगको दीर्घकालीन विकास हुन सक्ने उनले विश्वास व्यक्त गरे ।
यस्तै संघका उपाध्यक्ष समिक विक्रम शाहले नेपाल सरकारले कृषि क्षेत्रलाई ऋण प्रदान गर्दै आइरहेको र सोही अनुसार सरकारले गलैंचा क्षेत्रलाई पनि ऋण उपलब्ध गराई गलैंचा उद्योगलाई विस्तार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपाली गलैंचा उद्योगले मुलुकमा सिर्जना गरेको रोजगारीको तथयांक अध्ययन गरेरपनि सरकारले गलैचा उद्योगको विस्तारको लागि ऋण उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
नगद अनुदान सम्बन्धी कार्यविधि २०७५ संशोधनका आधारमा नेपाली गलैंचा व्यवसायीहरुले ५ प्रतिशत मात्र अनुदान रकम प्राप्त गर्ने गरेका छन् । तर कार्यविधिको सार अनुरुप नेपाली गलैंचाको मुल्य अभिवृद्धि ७० प्रतिशत भन्दा बढी हुने भएतापनि नेपाली गलैंचालाई मुल्य अभिवृद्धि न्यूनतम ३० प्रतिशत हुने वस्तुहरुसँग तुलना गरी कार्यविधिको अनुसुचि २ मा उल्लेख गरिएको छ । नेपाली गलैंचा क्षेत्रलाई मुल्य अभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्न निरन्तर प्रयासरत रहेको संघका महासचिव दावा शेर्पाले जानकारी गराए । नेपाली गलैंचा क्षेत्रलाई कार्यविधिको अनुसुचि १ मा उल्लेख गर्न सके गलैंचा व्यवासयीहरुले प्राप्त गरिरहेको अनुदान रकममा वृद्धि हुने सक्ने उनले विश्वास व्यक्त गरे ।
नेपाली हस्त निर्मित गलैंचाले अन्तर्राष्ट्रिय बजारमा राम्रो छाप छोड्न सफल भएको छ । तर राज्यको सही सहयोग र समर्थन नपाएकाले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकेको छैन । नेपाली गलैंचा उद्योगले उचित फाइदा लिन नसक्दा गलैंचा उद्योगका मजदुरहरु लाभान्वित हुन सकेका छैनन् । विश्व बजारमा नेपाली गलैंचाको सामूहिक व्यापार चिन्ह दर्ताको प्रक्रिया अगाडि बढिसकेको छ । अमेरिका, युरोपियन युनियन र बेलायत जस्ता राष्ट्रहरुमा नेपाली गलैंचाको सामूहिक व्यापार चिन्ह दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको संघले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies