२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

व्यावसायिक कृषिमा जोड

ADV
सपना बोहरा
२०८१ असोज ४ गते २०:४५
व्यावसायिक कृषिमा जोड

दाङ : कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष २०८०/०८१को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागिहरुले व्यवसायिक  खेतितर्फ जोड दिएका छन् । पछिल्लो समयमा विषादी प्रयोगमा वृद्धि तरकारी तथा अन्नवाली भारतबाट आउने गरेकाले स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई व्यवसायीकरण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी कृषक कर्न बहादुर चौधरीले किसानहरुको मागमा आधारित कार्यक्रमहरु सञ्चालन गर्न कृषि ज्ञान केन्द्रलाई सुझाव दिएका थिए । किसानहरुलाई आवश्यक पर्ने बिउ बिजन लगायतका सामग्रीहरु उनीहरुको माग अनुसार नै कृषि ज्ञान केन्द्रले उपलब्ध गराउनुपर्ने उनले बताए ।

‘प्रायः कृषिजन्य सामग्री भारत तथा अन्य देशबाट आउँछ,’ उनले भने, ‘हामीले यही बिउ बिजन उत्पादन गरेर यहि व्यवसाय रुपमा सञ्चालन गर्न सक्नुपर्छ ।’  अर्का कृषक ऋषिराम चौधरीले स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई सरकारले बजार व्यवस्थापन गरिदिनुपर्ने बताए । 

स्थानीय स्तरमा नै कच्चा पदार्थदेखि बिउ बिजन, अन्नवालीको सम्भावना भएकाले उचित मूल्य तोकेर व्यवसायीकरण गरिदिनुपर्ने उनले बताए । कृषकबाट सानो लगानीबाट नै राम्रो आयआर्जन गर्न सकिने बताए । 

कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लामा सिँचाइसहित कृषि विकास कार्यक्रम, बिउ उत्पादन कार्यक्रम, माटो व्यवस्थापन कार्यक्रम, स्थानीय तहसँग सहकार्य गरेर करार खेती कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रमहरु सञ्चालन  गरेको बताएका थिए । महिला लक्षित समुहमा तरकारी नर्सरीमा बिउ उत्पादन गरी ८० हजार बिरुवा बिक्री वितरण गरी ४ लाख आय आर्जन गर्न सफल भएको बताए । 

धान, तरकारी बसन्ते मकै लगायतका बालीहरु एक सय हेक्टर जग्गामा खेती गरेर एक करोड ४६ लाख रकम आम्दानी गर्न सफल भएको उनले बताए ।  

कृषि ज्ञान केन्द्र दाङका निमित्त कार्यालय प्रमुख पिताम्वर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका निमित्त प्रमुख बस्नतेतले तत्काल  अर्गानिक खेतीमा जान नसकिने बताएका थिए । अत्यधिक मात्रा विषादीको प्रयोग र दूषित वातावरणको कारण अर्गानिक खेतीमा तत्काल सम्भव नभएको बताए ।  

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द  शर्माले किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए  । किसानले प्रोत्साहन गर्न नसके हामी कृषिमा आत्म निर्भर गर्न नसकिने उनको भनाइ छ  । 

‘सरकारले बजारीकरणको व्यवस्थापन गरिदिनुपर्छ,  किसानहरुले यहाँ खेती गरिरहेका हुन्छन्, भारतबाट आइ रहेको हुन्छ’ उनले भने, ‘किसानहरुले उचित मूल्य पाइरहेका छैनन् ।’ वास्तविक किसानले अनुदान नपाएको गुनासो आइरहेको उनले बताए । 

कार्यक्रमको सहजीकरण कृषि प्रसार अधिकृत  आशा भण्डारीले गरेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise