२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

राष्ट्र बैंकले अब नयाँ आधारमा ‘उपभोक्ता मूल्य सूचकांक’ तयार गर्ने

ADV
मध्यान्ह
२०८१ असोज ९ गते २१:१७
राष्ट्र बैंकले अब नयाँ आधारमा ‘उपभोक्ता मूल्य सूचकांक’ तयार गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०/८१ लाई नयाँ आधार वर्ष बनाएर उपभोक्ता मूल्य सूचकांक तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक तयार गर्दै आएको राष्ट्र बैंकले अब आर्थिक वर्ष ०८०/८१ को आधारमा सूचकांक तयार गर्ने भएको हो ।

पछिल्लो समयमा उपभोक्ताहरुको उपभोगको प्रवृत्तिमा परिवर्तन हुँदै गएको, देश प्रदेश संरचनामा गएको र बजार पनि विस्तार गरेर नयाँ सूचकांकको आधार तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । अब उपभोक्ता मूल्य सूचकांक तयार गर्दा ७७ वटै जिल्लाका ८७ वटा बजारबाट ५२५ वटा वस्तुलाई लिइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पहिले जम्मा ५५ जिल्लाबाट ४९६ वटा वस्तु तथा सेवाको मूल्यको आधार लिने गर्दथ्यो ।

पहिले प्रयोग नहुने वस्तु प्रयोग हुन छाड्दै गएको र नयाँ वस्तु तथा सेवाहरुको प्रयोगमा वृद्धि भएकोले अबको मूल्य सूचकांकमा पुराना १०६ वटा वस्तु तथा सेवालाई हटाइएको राष्ट्र बैंकले जनाएको छ । साथै पछिल्लो समयमा देशभरी बजारपनि विस्तार भएकोले राष्ट्र बैंकले मूल्य आधार लिने बजारको संख्यापनि बढाएको हो । अब मूल्य सूचकांक तयार पार्दा वस्तु तथा सेवाको आधारमा हप्ता, महिना र चौमासिक आधारमा वस्तु तथा सेवाको मूल्य लिइने जनाइएको छ ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मूल्य सूचकांकको नयाँ आधार बनाउनुपरेकाले आधार वर्ष परिवर्तन गरेको बताउँदै प्रयोग गरिने वस्तु तथा सेवाको अंकभार पनि परिवर्तन गरेको बताए । उनले अहिले तयार गरिएका आधारहरुपनि पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको भन्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने बताए ।

उनले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको विषय उठ्दै आएको सन्दर्भमा औसत वस्तु तथा सेवाहरुको मूल्यको आधारमा सूचकांक निकालिने हुने त्यस्तो देखिने गरेको बताए ।  सन्दर्भमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिएको बताउनु भयो । 

‘बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्यसँग मिल्दैन भन्ने प्रश्न जुन छ, एउटा मात्रै वस्तुको मूल्य १० रुपैयाँले बढ्यो र अन्य कुनैपनि वस्तुको मूल्य परिवर्तन भएन मसिनो चामलको मात्रै एक वर्षमा १० मूल्य बढ्यो भने समग्र सूचकांकमा १ प्रतिशत भन्दा तल बढ्यो, तर बजारमा प्रश्न आउन सक्छ’, उनले भने, ‘यो विषयमा सञ्चारमाध्यमले बुझाउन सक्नुपर्छ । यो परिवर्तनसँगै विगतको भन्दा वास्तविकता हुनेछ ।’ 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise