काठमाडौं : ‘रक्तदान जीवनदान, रक्तदान महादान’ यो स्लोगन पछिल्ला केही वर्षदेखि जताततै सुन्नमा आएको छ । तर, आधिकारिक जानकारी नहुँदा अधिकांश नेपालीहरूले रक्तदान गर्दैनन् । अहिले वार्षिक १ लाख हाराहीले रक्तदान गर्ने गरेको अनौपचारिक तथ्यांक छ । यो नेपालमा कूल जनसंख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला र पुरुष ८३ प्रतिशत रहेको तथ्यांक छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ । तर, नेपालमा रक्तदान गर्दा कमजोर भइन्छ, विभिन्न रोग सर्छ भन्ने डरले भने सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरू हिच्किचाउने गरेको अभियन्ताहरू बताउँछन् ।
यद्यपि पछिल्ला वर्षमा नेपालमा रक्तदान गर्नेहरूको संख्यामा बृद्धि हुँदै गएको छ । तर अहिलेसम्म कति जनाले कतिपटक कति मात्रमा रक्तदान गरे भन्ने एकीन तथ्यांक सरकारसँग भने छैन ।
नेपाल रेडक्रस सोसाइटीको तथ्यांकअनुसार वि.स. २०२३ साउनसम्ममा नेपालमा वार्षिक १ सय ५७ जनाले रक्तदान गरेका थिए । त्यसपछिको पाचौं दशकमा रहदा वर्षेनी रक्तदाता बढ्दै गएका छन् ।
अहिले वार्षिक १ लाख भन्दा बढी मानिसले वार्षिक रक्तदान गर्ने गरेको तथ्यांक छ । तथ्यांकअनुसार वार्षिक सप्लाइ भने करिब २ लाख रहेको छ । एउटै व्यक्तिले दिने रगतबाट रक्ततत्वका आधार दुइभन्दा बढी बनाउन मिल्ने हुँदा रक्तदान १ लाख हुँदा सप्लाइ दोब्ब्रभन्दा बढी हुन पुगेको हो ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा भइरहेको स्यमसेवा रक्तदान राम्रो भए पनि व्यवस्थापन प्रभावकारी नहुँदा समस्या भइरहेको स्वयंमसेवक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए । ‘रक्तदान प्रयाप्त भइरहेको छ । यसको व्यवस्थापनमा सरकारले ध्यान दिनै सकेको छैन । त्यसैले रगत अभाव छ कि जस्तो देखिन्छ । धेरै रगत त डम्प भइरहेको छ ।’ कर्माचार्यले भने, ‘पछिल्लो समय हामीजस्ता अभियन्ताको निरन्तर खबरदारीले खेर जाने समस्या अली घट्दै गएको छ ।’
कर्माचार्यकाअनुसार रगतको माग जति हुन्छ । त्यसको ३० देखि ३५ प्रतिशत मात्रै उपयोग हुने गरेको छ । त्यसैगरी माग गरिएर अस्पतालसम्म गएको रगत पनि बैंकमा फिर्ता नहुँदा अस्पतामै खेर जाने गरेको छ । यसले गर्दा रगत अभाव जस्तो देखिने अभियान्ताले कर्माचार्यले बताए ।
१८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोभन्दा बढी तौल भएका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा रगत न्यूनतम् तीन सय ५० मिलिलिटर भएका सबैले रक्तदान गर्न मिल्ने कर्माचार्यले बताए । सामान्यतयाः एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुन्छ । जबकि रक्तदानको समयमा भने एक युनिट अर्थात् चार सय ७० मिलिमिटर रगतमात्र निकाल्ने निकालिन्छ । शरीरमा रगत निर्माण भएको एक सय २० दिनभित्र उक्त रगत स्वतः नष्ट हुने गर्छ । भने त्यस्तो रगत दान छिटोछिटो रगतको उत्पादन हुने गर्दछ ।
रगतलाई ‘ए, बी, एबी, ओ’ पोजिटिभ र ‘ए, बी, एबी, ओ’ नेगेटिभ गरी सामान्यतया आठ समूहमा विभाजन गरिएको हुन्छ । यसभित्र ५ सय भन्दा बढी माइक्रो रक्तसमुह रहेका छन् ।