२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

शितगंगामा सार्वजनिक सुनुवाइः जनतामुखी काम गर्न सुझाव

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ भदौ २० गते २१:११
शितगंगामा सार्वजनिक सुनुवाइः जनतामुखी काम गर्न सुझाव

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को दुई महिना नगरपालिकाभित्र भएका विकास निर्माण तथा सेवाप्रवाहका गतिविधिबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छविलाल पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना यसै कार्यकालमा सम्पन्न गर्ने र शितगंगालाई सुन्दर, सफा नगरपालिका बनाउने दाबी गरे । उनले फोहोर व्यवस्थापन, सरसफाइ, हरियाली प्रवद्र्धन, मुस्कानसहितको सेवा, सुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राखी काम अघि बढाइरहेको उल्लेख गरे । 

उपप्रमुख गीता भाटले नगरलाई स्मार्ट, हरियाली, सफा र सुन्दर सिटी बनाउन विभिन्न कार्य अगाडि बढाइरहेको बताइन् । तर भौगोलिक विकटता र नागरिकमा जनचेतना कम भएकाले व्यवस्थित ल्यान्डफिल्ड साइट निर्माण गर्ने कार्यमा नगरपालिका अघि बढिरहेको जानकारी दिइन् । 

नगरप्रमुख पौडेलले कुनै पनि विषयमा गुनासो नआउने गरी काम गर्न सम्बन्धित महाशाखा र शाखाका कर्मचारीलाई निर्देशन दिए । उनले नगरपालिकाको कामलाई छिटो, छरितो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण भइसकेको र नगरपालिका क्रमशः सुविधा सम्पन्न हुँदै गएको बताए ।

प्रशासकीय अधिकृत तथा योजना महाशाखा प्रमुख नुमलाल खनालले नगरपालिकाको प्रगति विवरण प्रस्तुत गरे । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नागरिकका गुनासा र जिज्ञासा सुन्नकै लागि सार्वजनिक सुनुवाइ आयोजना गरिएको र समस्या समाधानमा कर्मचारी तथा जनप्रतिनिधि प्रतिबद्ध रहेको स्पष्ट पारे । 

सापकोटाले नगरपालिका सेवा जनता मुखी हुनुपर्ने बताउँदै, जनअपेक्षा बुझ्न सार्वजनिक सुनुवाइ महत्वपूर्ण हुने धारणा राखे । उनले शितगंगावासी नागरिकसँग सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नागरिकले स्थानीय सरकार र जनप्रतिनिधिसामु खुलेर गुनासा राखेका थिए ।  प्रमुख प्रशासकीय अधिकृत सापकोटा, योजना महाशाखा प्रमुख खनालसहित विभिन्न शाखा प्रमुख र जनप्रतिनिधिले ती गुनासाका जवाफ दिएका थिए । 

सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले स्थानीय सरकारले गर्दै आएका विकास तथा प्रशासनिक काम जनतामुखी हुनुपर्नेमा जोड दिएका थिए । 

शितगंगा–१२ का मोहन बन्जाडेले सुशासनका लागि सार्वजनिक सुनुवाइ एउटा महत्वपूर्ण औजार भएपनि काम अझ प्रभावकारी र नागरिकमैत्री हुनुपर्ने सुझाव राखे । नेपालकै सबैभन्दा ठूलो नगरपालिका शितगंगाले जनताको आवश्यकता र सुझावलाई आधार बनाएर विकास निर्माणका काम अघि बढाइरहेको जनप्रतिनिधिहरूले कार्यक्रममा बताएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise